सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मैले आफूलाई कोहीभन्दा कम ठानेको छैन तर मलाई अहिले नै घोषणा गर्ने हतार छैन : काँग्रेस प्रवक्ता, डा. प्रकाशशरण महत (अन्तवार्ता)

२०८१ पुष ५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कांग्रेस महाधिवेशन केन्द्रित भएको हो ?

केही व्यक्ति र नेताहरूलाई नेता बन्छु भन्ने लागेको हो । महाधिवेशनपछि पद पाइन्छ भन्ने सोचका साथ कोही–कोही आजैबाट महाधिवेशनमा लागेका हुन् तर महाधिवेशनको माहोल अहिले बनिसकेको छैन ।

महाधिवेशन आउन अहिले पनि १ वर्ष बाँकी छ । १ वर्ष कार्यकाल थप गर्ने प्रावधान विधानमा छ । यसकारण १ वर्षको कार्यकाल सहजै थप्ने प्रचलन छ । ज–जसलाई नेतृत्वमा जान हतार छ, म नै नेतृत्वमा जानुपर्छ भन्ने लागेको छ, उनीहरूलाई महाधिवेशन लागेको हो । वास्तवमा महाधिवेशनको प्रक्रिया अहिले सुरु नै भएको छैन ।

त्यसो भए महाधिवेशनको प्रक्रिया कहिले सुरु हुन्छ ?

महाधिशवेनको प्रक्रिया सुरु गर्न कार्यतालिका बनेको छैन । सक्रिय सदस्यताको वितरण महाधिवेशन प्रक्रियाको पहिलो शर्त हो । वडादेखि प्रदेशसम्म अधिवेशन सम्पन्न गर्नुपर्छ, क्रियाशील सदस्यता वितरण पूरा गर्नुपर्छ ।

त्यो भए महाधिवेशन २०८२ मंसिरमै हुन्छ कि १ वर्ष म्याद थप हुन्छ ?

१ वर्षको म्याद थप गर्नु सामान्य प्रचलन बनेको छ । यसअघि पनि धेरैपटक म्याद थप भएको हो तर यसपटक पनि म्याद थप हुन्छ भन्न सकिँदैन ।

सभापतिले म्याद थप आवश्यक छैन र ४ वर्षमै महाधिवेशन गर्ने भन्नुभयो र पार्टीभित्र पनि सबैको यस्तै राय आयो भने म्याद थप नभइकन अर्को वर्ष महाधिवेशन तय समयमै हुन्छ तर ४ वर्षभित्रै महाधिवेशन सम्पन्न गर्ने गरी भने तयारी अगाडि बढेको छैन ।

१ वर्षको म्याद त विशेष परिस्थितिमा थपिने होइन र ?

अहिले पनि त विशेष अवस्था नै छ । महाधिवेशनको तयारी गर्नु पनि विशेष अवस्था नै हो । आमनिर्वाचन पनि आउँदैछ । पार्टीले त्यतातिर पनि ध्यान दिनुपर्छ ।

तपाईंले यसो भनिरहँदा २०८२ मंसिरमा महाधिवेशन नहुने भन्ने देखिन्छ । पार्टीको अर्को पक्षलाई पनि शंका लागेको छ ?

महाधिवेशन नहुने कुरामा शंका गर्नु बेकार हो । यद्यपि सबैको आ–आफ्नै धारणा र टिप्पणी हुन्छ । कसैलाई आजै महाधिवेशन भइदिओस् पनि लागेको होला ।

महाधिवेशनका लागि तपाईं पनि नेतृत्वको दौडमा हुनुहुन्छ ?

नेतृत्वमा जाने वा नजाने अहिले सोचेको छैन । जोजसले म हुन्छु भन्दै हिँडेका छन् र आफूलाई उम्मेदवार प्रस्तुत गरिरहेका छन्, त्यसमा मैले आफूलाई कोहीभन्दा कम ठानेको छैन तर मलाई अहिले नै घोषणा गर्ने हतार छैन । नेतृत्वमा जाने वा नजाने भनेर अहिले भनिहाल्ने समय पनि परिपक्व भइसकेको छैन । म हुन्छु भनेर हिँडको छैन, समय आएपछि भनौंला तर अहिले जो जसले महाधिवेनमा लड्ने भन्दै आइरहेका छन्, उनीहरूभन्दा म आफूलाई कमजोर मानेको छैन ।

म कुनै पनि हिसाबले कसैभन्दा कम छैन । पार्टीमा मैले गरेको योगदानका कारण मैले आकांक्षा राख्नु गलत होइन ।

विधानतः सभापति पार्टीको नेतृत्वमा आउने सम्भावना छैन, त्यसपछि पार्टी नेतृत्वमा कसलाई देख्नुहुन्छ ?

महाधिवेशनमा विधान पनि संशोधन हुनसक्छ तर विधान संशोधन कार्यकाल थपका लागि नभई अन्य विषयमा पनि केन्द्रित रहनेछ । विधान संशोधन गरौं भन्ने छलफल पनि पार्टीभित्र चलेको छ ।

सभापतिको ४ वर्षे कार्यकाल अर्को वर्ष सकिन्छ । यदि विधान संशोधन भयो र २ वर्ष लगातार नेतृत्व गरेको व्यक्ति तेस्रो कार्यकालमा आउने प्रावधान राखियो भने निश्चित रूपमा देउवा नै पुनः नेतृत्वमा आउन सक्छन् । कार्यकाल संशोधनको प्रावधान जोसुकैले पनि महाधिवेशनमा राख्न पाउँछन् तर सभापतिले अहिले नै विधान संशोधन या १ वर्षको म्याद थपबारे केही बोल्नुभएको छैन ।

विधान संशोधन भयो भने सभापतिमा देउवा नै आउने बाटो खुल्छ कि ?

विधान संशोधन धेरै विषयमा हुनसक्छ तर पदावधि बढाउने वा नबढाउने विषयमा महाधिवेशन हलले तय गर्छ तर सभापतिले विधान संशोधन गरेर तेस्रो कार्यकालमा फेरि आउन चाहेको भन्ने विचार प्रकट गर्नुभएको छैन ।

अब पार्टीको नेतृत्व कस्तो हुनुपर्छ ?

अबको नेतृत्व सशक्त हुनुपर्छ । क्षमतावान, खट्ने र सबैलाई मिलाएर लैजान सक्ने क्षमता भएका व्यक्ति नेतृत्वमा आउनुपर्छ ।काठमाण्डुपाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल