सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भयावह स्थिति आईसक्यो, कडा लकडाउनको विकल्प छैन – जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे

२०७७ श्रावण २०, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

प्रधानमन्त्री ओलीले तपाँईहरुलाई छलफल तथा परामर्शको लागि बालुवाटार बोलाउनुभएको हो ?

अहिले संक्रमण बढेको छ । तराइ क्षेत्रमा समुदाय नै संक्रमित भएको अवस्था छ । घनत्व धेरै भएका क्षेत्रहरू तराइ क्षेत्र र संक्रमण फैलिएका पहाडी क्षेत्रहरू ३ हप्ताको लागि कडाइका साथ लकडाउन गर्नसक्ने हुन सक्छ । त्यो गरेमा संक्रमण सबैतिर नियन्त्रण हुन्छ भन्ने हाम्रो बुझाई हो ।

लकडाउन नगरी फेरि जोर-विजोरमा जान सकिन्छ ? सम्भावना के छ ?

अहिले समुदायमा नै संक्रमण देखिएको छ । हरेक क्षेत्रमा संक्रमण देखिएको छ । अहिले नै जोर-विजोर लगाएर समाधान हुँदैन । अहिले कडा किसिमको लकडाउन गर्ने हो भने त्यस बीचमा ३ ओटा कुरा हुन्छ, कि त संक्रमित घरमै बस्दाखेरि निको हुन्छ, कि त अस्पतालमा जान्छन् गम्भीर भएर, कि त घरमै बस्दाखेरि अरू स्वस्थ मान्छेलाई सार्न सक्दैन । यसले ५५ प्रतिशत संक्रमण नियन्त्रण हुन्छ ।

त्यसो भए लकडाउनको विकल्प छैन ?

अहिले छैन किनभने अहिले धेरै भयावह स्थिति आइसक्यो ।

पहिला पनि त ३ महिना लकडाउन भयो । केही उपलब्धि त भएन । कोरोना रोकथाम त भएन ?

लकडाउन लामो समयसम्म गर्ने कुरा होइन । सीमामा नै शिल्ड गरिदिएको भए यस्तो अवस्था आउँदैनथ्यो । लकडाउन नियन्त्रण गर्न लाग्ने समय गर्ने र मापदण्डलाई एकदमै कडाइका साथ अपनाउने हो भने नियन्त्रण हुन्छ । हामीले लकडाउनको बारेमा पर्याप्त गृहकार्य गरिरहेका छौँ । अहिलेकै अवस्थाको कुरा गर्ने हो भने आइ.सी.यु प्याक छ । पहिलाको मोडल अहिले पनि प्रभावकारी हुँदैन ।

त्यसो भए अब नेपाललाई बचाउनको लागि लकडाउन र कफ्र्युसम्म जानुपर्छ ?

यो ३ हप्तालाई त्यसरी जानुपर्छ । ३ हप्तालाई एकदमै कडाइ गर्नुपर्छ । अहिले पश्चिम बंगालमा कोरोनाको संक्रमण बढेको छ कि त्यो निकै डरलाग्दो स्थिति छ । हामीले १०० प्रतिशत सीमा शिल्ड गरेनौँ भने हामी धेरै जोखिममा हुन्छौँ । हामीले व्यापक रूपमा टेस्ट बढाएर रेड जोनबाट मुक्त गर्नुपर्छ । रेड जोनमा लकडाउन गर्ने कि, त्यहाँ शिल्ड गर्ने कि, त्यो गर्नुपर्छ । पछि मात्र लामो दुरीको यातायात चलाउन सकिन्छ । रेड जोनमा आवतजावतलाई पूर्ण रूपले न्युनीकरण गर्नुपर्ने हुन्छ । यो गरेनौँ भने संसारमा कोरोनाको कारणले के के स्थिति भएको छ, ती देशहरूले कसरी आत्मसमर्पण गर्न पुगेका छन्, त्योभन्दा अप्ठ्यारो स्थिति यहाँ आउँछ । यसको उपचार पनि छैन, भ्याक्सिन पनि आएको छैन । त्यसो हुनाले हामी जनता सचेत हुनुको विकल्प छैन ।

जनताको सचेतना कम भएको हो भन्ने तपाईको बुझाई हो ?

नेपाली जनता सचेत छन्, अरू देशको भन्दा । अमेरिकाको नै कुरा गर्दा बन्दुक लिएर मान्छेहरू कोरोनाको विरुद्ध जुलुसहरू निकाल्ने, भारतमा जस्तो भीडमा हिँड्ने, त्यो खालको स्थिति नेपालमा छैन । अब सरकारले कडाई गरेर यो महामारीलाई नियन्त्रण गर्नुपर्छ । किनभने विश्व स्वास्थ्य संगठनले पनि भनेको छ, यो महामारी लामो समयसम्म जान्छ । अमेरिका, युरोपमा यसको संक्रमण व्यापक रूपमा बढेको छ । अहिले अष्ट्रेलियामा पनि भयकंर रूपले बढ्दै छ । भारतमा अहिले केही भन्न सक्ने स्थितिमा छैन । स्वास्थ्य उपचारका प्रणाली कम भएको हाम्रो देशले यसलाई ठेग्न सक्दैनौँ । त्यसैले हामी सकभर घरभित्रै बस्ने, जानैपर्छ भने सही तरिकाले मास्क लगाएर सामाजिक दुरी कायम गरेर हामी हिँड्नुपर्छ । त्यसपछि हामीले लकडाउन गर्नुपर्दैन । रिपोटर्स नेपालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल