सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराको अगुवाईमा वृक्षारोपण कार्यक्रम सम्पन्न (फोटो फिचर)

२०७७ श्रावण २१, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराको अगुवाईमा वृक्षारोपण मलजल तथा गोडमेल कार्यक्रम सम्पन्न भएको छ ।

राजधानीको उत्तरी क्षेत्र तारकेश्वर नगरपालिका भित्र पर्ने भ्यू टावरको जग्गामा मंगलबार सम्पन्न भएको बृक्षारोपण कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डाैं मिरमिरे, चन्द्रागिरी, भिक्ट्री र स्काईको समेत संयुक्त सहभागिता रहेको थियो ।

उक्त कार्यक्रममा गुलमोहर, चाँप, रुद्राक्ष, अशोका लगायत विभिन्न प्रजातिका १५० भन्दा बढी विरुवाहरु वृक्षारोपण गरिएको लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराका अध्यक्ष प्रसाद गुरुङले बताउनुभयो ।

डिष्ट्रीक ३२५ बी वान जोन- ३२ चेयर पर्शन नेत्र प्रसाद गुरागाँईको प्रमुख आतिथ्यतामा तथा क्लवका अध्यक्ष ला. प्रसाद गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लायन्स  क्लव अफ काठमाण्डाैं हेरिटेज धरहरा लगायत चारवटै क्लबका वर्तमान तथा पूर्व पदाधिकारीहरु, लायन शुभचिन्तकहरुको बाक्लो उपस्थिती रहेको थियो ।

वृक्षारोपण कार्यक्रमका संयोजक लायन्स क्लव अफ काठमाण्डाैं हेरिटेज धरहराका प्रथम उपाध्यक्ष ला. शक्ति श्रेष्ठले मलको ला. द्धितिय उपाध्यक्ष  ला. राजाराम थापाले कुटो कोदालो तथा कोषाध्यक्ष प्रदिप गिरीले पानीको ब्यवस्थापन गर्नुभएको थियो ।

विश्वमा रहेका जीवहरुलाई बचाई रहेको रुख बिरुवालाई संरक्षण गर्नुपर्छ भनेर वृक्षारोपण कार्यक्रम आयोजना गरिएको ला. द्धितिय उपाध्यक्ष  ला. राजाराम थापाले हरियालीलाई बताउनुभयो । विभिन्न जातका बिरुवा गरी करिव १ सय ५० भन्दा बढी बिरुवा रोपीएको र अन्य २०० भन्दा बढी बिरुवाहरुमा गोडमेल गरिएको उहाँको दावी छ ।

हामी मानव जातिलाई बचाउने पृथ्वीलाई हामीले पनि बचाउनु पर्दछ भन्दै प्रथम उपाध्यक्ष ला. शक्ति श्रेष्ठले मल तथा विरुवा उपलब्ध गराएर सहयोग पुराउनु हुने समस्त धरहरा क्लबबासिहरुलाई विशेष धन्यवाद समेत दिनुभएको छ ।

रुख प्राणाीहरुको लागि अति नै आवश्यक भएकोले क्लबले वृक्षारोपण कार्यक्रम गर्नु प्रशंसनीय रहेको जोन- ३२ चेयर पर्शन नेत्र प्रसाद गुरागाँईको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना