सदाबहार खबरको रफ्तार ....
असोज १४, २०८० आइतबार
October 1, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लव समुहले लुकाई राखेको बारूदी गोदाममा प्रहरीको छापा

२०७६ असोज १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित नेकपा विप्लव समुहले झापाको अर्जुनधारा न.पा.- १ शान्तिचोक स्थित लेखनाथ मिश्रको घरमा लुकाइराखेको बारूदी गोदम प्रहरीले फेला पारेको छ ।

नेकपा विप्लवका झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र “मनिष”ले लेखनाथ मिश्रको घर उत्तरतर्फ रहेको गाई गोठमा पँहेलो बोराभित्र लुकाई छिपाई लगेर गाडेको अवस्थामा बारूदी गोदाम फेला परेको हो ।

उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले करिब २० दिन अगाडि लेखनाथ मिश्रको घरमा भण्डारण गरेर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रबिण मिश्रलाई प्रहरीले पक्राउ गरेको सुइको पाएपछी लेखनाथ मिश्रका आफन्तले झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरलाई फोन मार्फत घटनाको जानकारी दिएको बताइएको छ ।

लगत्तै जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले उक्त स्थानमा आईतबार साँझ पुगी सुरक्षित घेरेर झापाको चारआली स्थित नेपाली सेनाको ब्यारेकमा खबर गरेका थिए । सेनाको बम डिस्पोजल टोलीले जमिनमुनी गाडेको अवस्थामा राखेको बिष्फोटक पदार्थ सुरक्षित रुपमा निकालिएको थियो ।

बिस्फोटक बस्तु नियोजेल लेखिएको २०५ लोला (२५.६२५ किलोग्राम) ‘हाइ एक्सप्लोसिभ’ रहेको र उक्त बिष्फोटक पदार्थलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

ट्राफिक प्रहरीले ‘सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह’ मनाउने

प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

श्री र फिष्टेलका तीन हेलिकोप्टरको उडानमा प्रतिबन्ध

विप्लव पुत्र प्रकाश विवाह बन्धनमा

ईः अभियन्ता र काठमाडौं महानगरपालिकाबीचको वार्ता निष्कर्षविहीन

कोशी प्रदेशको मन्त्रीमण्डल विस्तार (सूचीसहित)

‘क्रान्तिकारी प्रेस सङ्गठन’ को संयोजकमा कमल बुढा निर्वाचित

लुम्बिनीको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारमा बस्नेत

प्रधानसेनापति प्रभुराम शर्मा भारत प्रस्थान

चौथोदिनसम्म त्रासमा मलङ्गवावासी, कर्फ्यु कायमै

‘प्रोक्युरमेन्ट क्लिनिक’मा सबै स्थानीय तहलाई समेटिने

प्रधान सेनापति शर्मा भोली आइतबार नयाँ दिल्ली जानुुहुँदै