सदाबहार खबरको रफ्तार ....
जेठ ७, २०८३ बिहिबार
May 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

विप्लव समुहले लुकाई राखेको बारूदी गोदाममा प्रहरीको छापा

२०७६ असोज १३, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं: प्रतिबन्धित नेकपा विप्लव समुहले झापाको अर्जुनधारा न.पा.- १ शान्तिचोक स्थित लेखनाथ मिश्रको घरमा लुकाइराखेको बारूदी गोदम प्रहरीले फेला पारेको छ ।

नेकपा विप्लवका झापा जिल्ला सेक्रेटरी प्रबिण मिश्र “मनिष”ले लेखनाथ मिश्रको घर उत्तरतर्फ रहेको गाई गोठमा पँहेलो बोराभित्र लुकाई छिपाई लगेर गाडेको अवस्थामा बारूदी गोदाम फेला परेको हो ।

उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी हो भनी विप्लव समूहको झापा जिल्ला सेक्रेटरी मनिष भन्ने प्रविन मिश्र, जिल्ला इन्चार्ज सुमन सिंह पौडेल, जिल्ला जनसरकार प्रमुख (जिल्ला सदस्य) टिका पोखरेलले करिब २० दिन अगाडि लेखनाथ मिश्रको घरमा भण्डारण गरेर राखेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रबिण मिश्रलाई प्रहरीले पक्राउ गरेको सुइको पाएपछी लेखनाथ मिश्रका आफन्तले झापाका प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानामगरलाई फोन मार्फत घटनाको जानकारी दिएको बताइएको छ ।

लगत्तै जिल्ला प्रहरी कार्यालय, झापा र इलाका प्रहरी कार्यालय, अनारमनीको संयुक्त टोलीले उक्त स्थानमा आईतबार साँझ पुगी सुरक्षित घेरेर झापाको चारआली स्थित नेपाली सेनाको ब्यारेकमा खबर गरेका थिए । सेनाको बम डिस्पोजल टोलीले जमिनमुनी गाडेको अवस्थामा राखेको बिष्फोटक पदार्थ सुरक्षित रुपमा निकालिएको थियो ।

बिस्फोटक बस्तु नियोजेल लेखिएको २०५ लोला (२५.६२५ किलोग्राम) ‘हाइ एक्सप्लोसिभ’ रहेको र उक्त बिष्फोटक पदार्थलाई ईलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षित राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

जब फेवातालमा डुङ्गा पल्टियो…

भारतीय गृहमन्त्री साहद्वारा ४० किलो चन्दन पशुपतिनाथमा अर्पण

प्रहरी चौकी स्थापना भएको तीन दशकपछि भवन

प्रधानमन्त्री बालेनको कार्यशैलीमाथि प्रश्न : संसद् र सेनासँग दूरी किन ?

पूर्वन्यायाधीश प्रधानको निधनमा शोक बिदाः इजलास सञ्चालन नहुने

मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सेना

पाँच दशकदेखि प्रकृति संरक्षणमा सक्रिय नेपाली सेना सम्मानित

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

आज ३३ औँ मदन–आश्रित स्मृति दिवस

‘संयुक्त प्रयासबाट मात्रै प्रदेशको आर्थिक समृद्धि सम्भव’

सूर्यविनायकद्वारा गुण्डुमा घुम्ती हाट बजार सञ्चालन