सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यस्ताे छ टेलिसिरियल ‘गाउँ फर्क’ को लिरिकल गीत

२०८१ पुष १७, बुधबार

काठमाण्डौः  विश्वमणि घिमिरे र एलबी कटवालको निर्देशनमा बन्ने टेलिसिरियल ‘गाउँ फर्क’ को लिरिकल गीत सार्वजनिक भएको छ। गीत नयाँ वर्ष २०२५ तथा टोपी दिवसको अवसरमा बुधबार सार्वजनिक गरिएको हो।

नारायण थापाको स्वर रहेको गीतमा ग्रामीण परिवेश र बिदेसिएका नेपालीहरूको कथा समेटिएको छ। गीत शंकर अधिकारी घायलले लेखेकाे गीतमा विकाश चौधरीले संगीत भरेका छन्।

भिडियोमा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कलाकार सुवास गजुरेल, उत्तम केसी र सुभेक्षा थापा, मुकुन्द मैनाली, मनमाया कटवाल, लक्ष्मीनाथ तिम्सिना, अशोक शिवाकोटी, अस्मिता बस्नेत, आशा भुसाल, इच्क्षा सिंह, प्रतीक्षा काफ्ले, मुभ थापा र चन्दा भट्टराईलाई देख्न सकिन्छ। भिडियोकाे सम्पादन उपेश कोइराला र सुरज ढकालले गरेका हुन्।

सिरियलकाे कथा निर्देशक घिमिरे र कटवालले नै लेखेका हुन्। निर्देशक घिमिरेकाअनुसार टेलिसिरियल धनकुटाको महालक्ष्मी नगरपालिका-४, चानुवामा छायांकन गरिनेछ। सिरियल नेपाल टेलिभिजनबाट प्रसारण गर्ने टिमको तयारी छ।

गीतकाे भिडियाेः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)