सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

हमासद्वारा १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक, छोरी देखेर परिवार स्तब्ध (भिडिओ)

२०८१ पुष २१, आइतबार

काठमाण्डौः हमासले बन्धक बनाइएकी १९ वर्षकी इजरायली सैनिकको भिडिओ सार्वजनिक गरेको छ।

जसलाई हमासले एक वर्षभन्दा बढी समयदेखि आफ्नो कब्जामा राखिरहेको छ। उनी इजरायल डिफेन्स फोर्स (आईडीएफ) की निगरानी सैनिक लिरी अल्बाग हुन्। उनलाई हमासले २०२३ अक्टोबर ७ मा इजरायलमा आक्रमण गरेका बेला नियन्त्रणमा लिएको थियो।

द टाइम्स अफ इजरायलको रिपोर्टअनुसार हमासले अक्टोबर ७ मा गरेको आक्रमणका क्रममा लिरी अल्बागसहित ६ सैनिकलाई बन्धक बनाएको थियो। त्यतिबेला १५ इजरायली सैनिक भने मारिएका थिए।

सार्वजनिक भिडिओ साढे तीन मिनेटको छ। जसमा १९ वर्षीया लिरी अल्बागले आफूलाई हमासले ४५० दिनभन्दा बढी समयदेखि बन्दी बनाएको बताउँदै इजरायली सरकारले आफू र अन्य बन्धकलाई बिर्सेको गुनासो गरेकी छन्।

अल्बागले भनेकी छन्, ‘म भर्खर १९ वर्षकी भएँ। मेरो सिंगै जीवन बाँकी छ, तर अब मेरो जिन्दगी बन्धकमा छ।’

हेर्नुहोस् भिडिओ–

हमासद्वारा कब्जा गरिएका ६ इजरायली सैनिकमध्ये एकलाई आईडीएफले उद्धार गरेको थियो भने एकको हत्या भएको थियो।

अलबागसहति अन्य चार बन्धक अझै हमासको कब्जामा छन्। लिरी अलबागको परिवारले हमासले जारी गरेको भिडिओ क्लिपले हृदय छियाछिया पारेको बताएको छ।

भिडिओमा हेर्दा लिरीलाई चरम मानसिक र शारीरिक यातना दिइएको प्रस्ट देखिने परिवारको भनाइ छ। पीडित परिवारले आफ्नी छोरी अलबागको सकुशल उद्धार गरिदिन इजराली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग अनुरोध गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)