सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘पिताम्बर’को टिजर: प्रदीप, सौगात, दयाहाङ स्टारर एक्सन फिल्ममा बदलाको कथा

२०८१ पुष २९, सोमबार

काठमाण्डौः कृषा चौलागाईं निर्देशित मल्टिस्टारर एक्सन ड्रामा ‘पिताम्बर’को टिजर सार्वजनिक भएको छ । २ मिनेट रनटाइमको टिजरले कथावस्तु र चरित्र चित्रणबारे दर्शाएको छ ।

टिजर हेर्दा लाग्छ, ‘पिताम्बर’ बदलाको कथामा आधारित छ । दिव्यदेवले महाभारतको चर्चित उद्धरण ‘यदा यदा हि धर्मस्य…’ वाचन गरेपछि टिजर सुरु हुन्छ । त्यसपछि आउँछन् अनुपविक्रम शाही, सुपुष्पा भट्ट, सुरक्षा पन्त, प्रमोद अग्रहरि, दयाहाङ राई र प्रदीप खड्का ।

दयाहाङ प्रहरीको रोलमा छन् भने प्रमोद खलनायक चरित्रमा । प्रदीपको पात्र प्रतिशोध र बदला लिन चाहन्छ । त्यसपछि आउँछन् सौगात मल्ल, जसको संवाद छ– अब यो प्रचण्ड गर्मीमा शीतलहर चलाउने जिम्मा मेरो ।’ टिजरको अन्त्यतिर खड्का र मल्लको चरित्रलाई आमनेसामने देखाइएको छ ।

टिजरमा दिब्या रायमाझी, रविन्द्र झा, गौरव विष्टको झलक पनि छ । टिजर हेर्दा यो फिल्म एक्सनभित्रको ग्याङस्टर जनरा महसुस हुन्छ । ‘ऐंचोपैंचो’ डेब्यु निर्देशक चौलागाईंको यो दोस्रो निर्देशकीय फिचर हो । उनले यसअघि इन्साफ, कसम हजुरको, के म तिम्रो साथी बन्न सक्छु र पलास निर्माण गरेकी थिइन् ।

केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा फिल्म निर्माण भएको हो । विशाल चौलागाईं निर्माता हुन् । यो फिल्म नेपाली नयाँवर्षको छेकोमा चैत २९ गते प्रदर्शन तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)