सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

बहिनी बलात्कारको अभियोग लागेका वडाअध्यक्ष शाही जेल चलान

२०७७ श्रावण २४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः नाताले बहिनी पर्ने किशोरी बलात्कार गरेको अभियोग लागेका वडा अध्यक्ष जेल चलान भएका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–६ का वडा अध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका हुन् ।

बैनी नाता पर्ने १६ वर्षीया किशोरीलाई  बलात्कार गरेको आरोपमा पक्राउ परेका ५१ वर्षीय शाहीलाई जिल्ला अदालत कालिकोटले कारागार चलान गर्ने निर्णय गरेको हो ।

जबर्जस्ती करणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले जिल्ला अदालतबाट पूर्ण फैसला नभएसम्म कारागार चलान गरिएको कालिकोट जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।

बैनी नाता पर्ने किशोरीलाई वडा अध्यक्ष शाहीले पहिलो पटक २०७४ सालमा ललाईफकाई आफ्नै घरमा लगेर बलात्कार गरेको (जतिबेला किशोरी उमेर १३ वर्ष), द्रोश्रो पटक दोस्रो पटक २०७६ साल भदौ १७ गते किशोरीकै घरमा दिउँसो कोही नभएको मौका छोपी बलात्कार  गरेको  अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए ।

वडा अध्यक्ष शाहीले ती किशोरीलाई धेरै पटक यौन दुव्र्यहार गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । प्रहरी अनुसन्धानमा किशोरीलाई विभिन्न बहानामा धम्काएर यौनजन्य हिंसा गर्ने गरेको प्रहरीले जनाएको छ ।

पीडित किशोरी र वडा अध्यक्ष शाहीको स्वास्थ्य परीक्षणका लागि नमुना विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ