शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौः लोकदोहोरी गीतका मोडल तथा निर्देशक शंकर बिसी अहिले गिनिज वल्र्ड रेकर्डस् तयारीमा छन् । अहिलेसम्म ३५ सय बढि म्युजिक भिडियो अभिनय गरेका उनले यसैको माध्यमबाट गिनिज वल्र्ड रेकर्डस् बनाउन जुटेका हुन् ।
विश्वमा यति धेरै म्युजिक भिडियो खेल्ने मोडल आफु बाहेक अर्काे नभएको उनको बुझाई रहेको छ । रेकर्डका लागि उनले सबै प्रक्रिया पुर्याएर केही अगाडि आवेदन समेत दिएका थिए । कहिलेकाँही दैनिक ४ भिडियोसमेत अभिनय गरेका शंकरले साथीभाईको आग्रहमा रेकर्डको प्रक्रिया थालेका हुन् ।
