सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

फरार अभियुक्त ६ महिना पछि पक्राउ

२०७७ श्रावण २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: ओखलढुङ्गामा जबर्जस्ती करणी उद्योगका फरार अभियुुक्तलाई प्रहरीले आज पक्राउ गरेको छ । जबर्जस्ती करणी उद्योगमा फरार रहेका जिल्लाको लिखु गाउँपालिका–५ का ५० वर्षीय रिकबहादुर थापालाई प्रहरीले पक्राउ गरेको हो ।

करीब ६ महिनादेखि प्रहरीको फरार सूचीमा रहेका उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओलढुङ्गाका प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । विसं २०७६ माघ २४ गते लिखु गाउँपालिका– ४ यसमकी ४५ वर्षीया एक महिलालाई जबर्जस्ती करणी उद्योग गरी थापा फरार भएका थिए ।

अभियुक्त थापालाई आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका थापालाई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कुशको शव बनाएर दाहसंस्कार

लिखु नदीले बगाएर बेपत्ता भएका ओखलढुङ्गाका १ युवक फेला नपरेपछि परिवारले अन्तिम दाहसंस्कार गरेको छ । चम्पादेवी गाउँपालिका–१० रानीवन निगालेका ३६ वर्षीय रोहितकुमार ढुङ्गेललाई गत बुधबार लिखुले बगाएको थियो ।

नदीले बगाएका ढुङ्गेलको उद्धार गर्न नसकिएको र शवसमेत नभेटिएपछि जीवित नरहेको ठहर गर्दै परिवारले कुशको शव बनाएर आईतबार अन्तिम दाहसंस्कार गरेको हो ।

ढुङ्गेल गत बुधबार बुबा र ससुरासँग गोठ सार्न गएका थिए । गाईबाख्रा खोला तार्ने क्रममा ससुरालाई नदीले बगाउन खोजेपछि ससुरा बचाउने क्रममा उनलाई नदीले बगाएको थियो । प्रहरी र स्थानीयवासीले निरन्तर खोजी गर्दा पनि फेला पार्न नसकेपछि परिवारले शुक्रबार कुशको शव बनाएर अन्तिम दाहसंस्कार गरेको चम्पादेवी–१० का वडाध्यक्ष उज्जन बुढाथोकीले जानकारी दिनुभयो । “उहाँलाई नदीले बगाएको सुन्नासाथ प्रहरी र स्थानीय हामी सबैले निरन्तर खोजियो, फेला पार्न सकिएन”, वडाध्यक्ष बुढाथोकीले भन्नुभयो, “कुशको शव बनाएर दाहसंस्कार गरी परिवारले आफ्नो संस्कारअनुसार काजकिरियाको काम थालेको छ ।” नदीले बगाएर बेपत्ता भएका ढुङ्गेलका श्रीमती र दुई सन्तान छन् ।

प्रहरीले भने ढुङ्गेलको खोजी जारी राखेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले बताउनुभयो । जिल्लाभित्रको लिखु नदी किनारमा जिल्लाकै प्रहरी जनशक्ति र अन्य जिल्लाको प्रहरीलाई समेत सूचना दिएर शव खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ । ओखलढुङ्गामा बर्सेनि पहिरोबाट ठूलो जनधनको क्षति हुँदै आएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ