सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चिनिका अधिकांश बालबालिकामा ‘आत्मकेन्द्रित’ स्वभाव

२०७७ श्रावण २५, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: हालसालै गरिएको एक सर्वेक्षणले चीनका करिब ६४ प्रतिशत बालबालिकामा ‘आत्मकेन्द्रित’ स्वभाव रहेको पाइएको छ ।

सर्वेक्षणमा सहभागी उत्तरदाताले दिएको जवाफका आधारमा गरिएको मूल्याङ्कनमा आफ्ना बालबालिका बढी अहंकारी भएको पाइएकोमा अविभावकले चिन्ता व्यक्त गरेका पनि ‘चाइना यूथ डेली’ले जनाएको छ ।

सर्वेक्षणमा अभिभावकहरूले बच्चाहरू अन्धाधुन्ध कुनै कुराको पछि लाग्ने र त्यसैमा घोत्लिने र अविभावकको धारणालाई बुझ्न नखोज्ने अहंपन देखिने गरेको पनि सर्वेक्षणका क्रममा पाइएको छ । बालबालिकाको एकलकाटे प्रवृत्तिप्रति पनि चिनियाँ अविभावकले चिन्ता व्यक्त गरेका सर्वेक्षणले रिपोर्टमा उल्लेख छ ।

सर्वेक्षणका लागि १ हजार ९ सय ९२ आमाबाबुले दिएको जवाफलाई आधार बनाइएको उक्त पत्रिकामा छापिएको समाचारमा उल्लेख छ ।

सद्गुणका साथ बच्चाहरू हुर्काउनका लागि के गर्नुपर्छ भन्ने सवालमा ७१ प्रतिशत अविभावकले आफैले राम्रो उदाहरण बसाल्नुपर्दछ भनेका थिए भने ५८.४ प्रतिशतले बच्चाहरूसँग बढी समय बिताउनुपर्ने महत्वलाई जोड दिएका थिए ।

सर्वेक्षण मुख्यतया चिँनिया सहरी क्षेत्रका अभिभावकसँग बालबालिकाबारे गरिएको अन्तर्वार्ताका आधारमा गरिएको अनुसन्धात्मक कार्यभएको पनि उक्त पत्रिकाले लेखेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई