सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

सबैलाई भावुक बनाउने भिडियो राख्दै एलिनाले भनिन् – उहाँलाई गाली नगर्नु होला मलाई गाह्रो हुन्छ [भिडियो]

२०८१ माघ १९, शनिबार

काठमाण्डौः गायिका एलिना चौहानले सबैलाई भावुक बनाउने भिडियो राखेकी छन् । भिडियो राख्दै एलिनाले आफ्ना पति विष्णु सापकोटालाई गाली नगर्नु भन्दै आफैलाई गाह्रो हुने बताएकी छन् ।

गायिका एलिनाले पति विष्णुविरूद्ध सम्बन्ध विच्छेदको मुद्दा हालेकी छिन् । चौहानले शुक्रबार पति सापकोटाविरूद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

त्यसपछि उनले समाजिक सञ्जालमा एउटा भिडियो शेयर गर्दै आफूले बिहे गर्न हतार गरेको र अहिले आएर सम्बन्धविच्छेद गर्नुपरेको उल्लेख गरेकी छिन् । सम्बन्धविच्छेदको निर्णयमा आफूहरू दुईजनाले सल्लाह गरेर, घरपरिवारको पनि सल्लाहमा सोचविचार गरेर गरेको बताएकी छिन् ।

उनले सम्बन्धविच्छेदको अवस्थामा आइपुग्नुमा विष्णु मात्र दोषी नरहेको भन्दै उनलाई गाली नगर्न शुभचिन्तकहरूलाई आग्रह गरेकी हुन् । आफूले माया गरेको मान्छेलाई अरूले गाली गर्दा आफैँले गाली खाँदा भन्दा बढी पीडा हुने बताएकी छिन् । चौहान झापा विर्तामोड नगरपालिका ७ स्थायी घर भएकी हुन् भने सापकोटा बागलुङ नगरपालिका ५ का हुन् ।

उनीहरूबीच २०८१ बैशाख १ गते बिहे भएको थियो । बिहेपछि पतिसँग अष्ट्रेलिया गएकी चौहान केही महिनाअघि नेपाल आएकी थिइन् । सापकोटा भने अष्ट्रेलियामै छन् ।

सम्बन्धविच्छेद गर्नुको कारणबारे उनले कलाकारिता क्षेत्रमा काम गर्ने भएकाले कार्यक्रमहरूमा सहभागी भएर कहिलेकाहिँ अबेरसम्म बस्नुपर्ने गरेको तर सापकोटाले कार्यक्रमको बीचैमा फोन गरेर घरमा आउन भन्दै बाधा पुर्‍याउने गरेको उल्लेख गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)