सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

साहित्यकार ज्ञवालीको ‘बुद्धिको पाइला’ सार्वजनिक

२०७७ श्रावण २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: साहित्यकार ज्ञाननिष्ठ ज्ञवालीको छन्द कविता सङ्ग्रह ‘बुद्धिको पाइला’ सार्वजनिक गरिएको छ । ज्ञवालीको यो १८औँ कृति हो । यसअघि उहाँका ‘आख्यानकार विश्वेश्वरप्रसाद कोइराला’, ‘शाकुन्तल महाकाव्यमा पूर्वीय दर्शन’, ‘समालोचना पुष्प’, ‘भूमिकाको भूमिका’लगायत कृति प्रकाशित भइसकेका छन् ।

भर्चुअल माध्यमबाट हरेक पल डट कमले आयोजना गरेको कार्यक्रममा लेखक ज्ञवाली, साहित्यकार डा शैलेन्दुप्रकाश नेपाल, कवि ऋषभदेव घिमिरे, कवयित्री रञ्जना निरौलाले संयुक्तरुपमा कृति लोकार्पण गर्नुभएको हो ।

कार्यक्रममा कृतिमाथि समीक्षा गर्नुहुँदै साहित्यकार नेपालले राष्ट्रप्रेमको भाव बोकेकोे शास्त्रीय छन्दमा रचित कृतिले छन्द कविता परम्परालाई संरक्षणमा योगदान गर्ने बताउनुभयो । सो अवसरमा कृतिका बारेमा कवि एवं कवयित्री घिमिरे, निरौला, लेखक ज्ञवालीलगायतले आ आफ्ना भनाई राख्नुहुँदै नयाँ पुस्तालाई छन्दमा कविता लेख्न यस्ता पुस्तकले प्रेरित गर्ने विचार राख्नुभयो ।

उपजाति, शार्दुलविक्रीडित नौ वटा छन्दमा लेखिएको कृतिमा ८० पृष्ठ छ । सविता भट्टराईले प्रकाशन गर्नुभएको कृति नेपाली नागरिकले पढ्न चाहेमा निःशुल्क उपलब्ध गराइने कवि ज्ञवालीले राससलाई जानकारी दिनुभयो । विदेशी नागरिकलाई भने ११ डलर मूल्य तोकिएको छ ।

यसअघि ज्ञवालीले विभिन्न विधाका दर्जनौं कृतिको सम्पादन र भूमिका लेखनसमेत गरिसक्नुभएको छ । विधागतरुपमा समालोचनाका ४, निबन्ध एक, बाल साहित्य एक दर्जन, भाषणकलाको एक, भूमिकाको भूमिका एकलगायत कृति सार्वजनिक भइसकेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई