सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यौन मनोविज्ञानमा बनेको फिल्म‘दुःखी आत्मा’ को ट्रेलर सार्बजनिक

२०८१ माघ २२, मंगलबार

काठमाण्डौः  अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा मुख्य भूमिकामा रहेको फिल्म ‘दुःखी आत्मा’ को ट्रेलर सार्वजनिक भएको छ। एडल्ट ड्रामा शैलीको यो फिल्म प्रेम, नोकझोंक र यौन मनोविज्ञानको कथावस्तुमा केन्द्रित छ ।

ट्रेलरमा दयाहाङ र आँचलको रोमान्स, द्वन्द्व, हास्य र गहिरा संवाद प्रस्तुत गरिएको छ, जुन दयाहाङले अघिल्ला फिल्महरू भन्दा भिन्न रूपमा रोमान्टिक तर पीडित पात्रको भूमिका निर्वाह गरेका छन् ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा बनेको फिल्ममा अनुप विक्रम शाही, बुद्धि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, लोकेन्द्र लेखक, आरती आचार्य, आशान्त शर्मा, दिया मास्के, लुनिभा तुलाधर, शिशिर वाङ्दे र कवीर काफ्का लगायतका कलाकारको अभिनय छ।

फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कार्यकारी निर्माता सुदीप ढकाल रहेका छन्। आलोक शुक्लाले छायांकन गरेको फिल्मको सम्पादन निमेष श्रेष्ठले गरेका छन् ।

‘दुःखी आत्मा’ फागुन २ गते, अर्थात् भ्यालेन्टाइन डेको अवसर पारेर रिलिज हुन लागेको हो। फिल्म क्लक वर्क क्रियशनको ब्यानरमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)