सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ

२०७७ श्रावण २६, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः काठमाडौको गोंगबु हत्या प्रकरणमा संलग्न रहेको आरोपमा चितवनबाट एक महिला पक्राउ परेकी छन।

दाङका कृष्णबहादुर बोहराको हत्या गरेर फालेको आरोपमा चितवनबाट कल्पना शाही पक्राउ परेकी हुन्। काठमाडौंबाट आएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेर लगेको छ। हत्या आरोपमा अनुसन्धानको लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

स्थानीयले सुटकेसमा रगत देखिएपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले सुटकेस खोल्दा घाँटीभन्दा मुनिको भाग र घुँडाभन्दा माथिको भागको काटेर राखिएको अवस्थामा भेटिएको हो। सुटकेसमा जीउमात्रै भेटिएकाले शरीरका अन्य भाग भेट्टाउन प्रहरीले तालिम प्राप्त कुकुर प्रयोग गर्‍यो। कुकुरको सहयोगमा सुटकेस भेटिएको ठाउँभन्दा केही पर वार्ड नं १० को स्वर्गद्वारी मार्गमा टाउको र खुट्टा फेला परेको थियो।

गोंगबुस्थित नवज्योती मार्गमा रहेको किरण बस्नेतको घरको तेस्रो तल्लामा हत्या गरेर बोहराको शवलाई ५० मिटर पर सडकमा फालिएको थियो। शवको पहिचान कृष्णकै साथी निरज थापाले गरेका थिए। घटनाको वास्तविकता पत्ता लगाउन प्रहरीको पाँचवटा टोलीले अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

भीमफेदी कारागारबाट भागेका मोक्तान हेटौंडा बसपार्कबाट पक्राउ

कात्तिकमा ७० लाखको सामान बरामद

करिब ४ सय ४३ किलो गाँजा सहित दुई जना पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने शिक्षकमाथि आरोपपत्र दायर

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १७ जना पक्राउ

जुवाको खालबाट २५ जना पक्राउ

दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

मुद्दाका फरार प्रतिवादीहरू पक्राउ