काठमाण्डौः लोक तथा दोहोरी क्षेत्रकै बहुचर्चित गायक बिमल डाँगीको नयाँ गीत “निलो आकाशलाई बादलले ढाक्यो” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
गीतमा बिमल डाँगी र शान्ति श्री परियारको सुमधुर स्वर रहेको छ। बिन्दबासिनी म्युजिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतको शब्द अमर भण्डारी र संगीत बिमल डाँगी, संगीत संयोजन बिनोद बजुरालीको रहेको छ ।
विशाल घिमिरेको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा लोमस शर्मा र निहारिका थापाको मुख्य भूमिका रहेको छ ।
