सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘फेरि रेशम फिलिली’ मा अमेरिका मोहको कथा, ट्रेलर सार्वजनिक (भिडिओ)

२०८१ फागुण ६, मंगलबार

काठमाण्डौः यही फागुन १४ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’ को ट्रेलर सार्वजनिक गरिएको छ।

मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले फिल्मको कथावस्तुबारे जानकारी दिन्छ।शीर्ष पात्रको अमेरिका मोह, अमेरिका जान गर्ने संघर्ष र आउने अवरोधको कथामा फिल्म बनेको ट्रेलरबाट बुझन् सकिन्छ। ड्रामा, एक्सन, कमेडी र मनोरञ्जन भरपूर प्याकेज ट्रेलरमा देखिन्छ।

फिल्मको शीर्ष भूमिकामा विनय श्रेष्ठ र सुपुष्पा भट्ट छन्। निरोज महर्जनको लेखन तथा निर्देशनमा फिल्म बनेको हो। फिल्ममा विनय र सुपुष्पासहित कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा, शिशिर बाङ्देल, महेश त्रिपाठी, मेक्सम गौडेल, एवन उप्रेती, लक्ष्मीनाथ तिमिल्सिना लगायतको अभिनय छ।

सिनेमा आर्टको प्रोडक्सनको निर्माण र भी-मोसन पिक्चर्ससँगको सहकार्यमा फिल्म बनेको हो। फिल्मको निर्माता रौनकविक्रम कडेल हुन्। कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह-निर्मातामा एनी थापा छन्।

फिल्म सुसन प्रजापतिले छायांकन र सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्।काफिया फिल्मस् र कुवेर सिने डिस्ट्रिब्युसनले ‘फेरि रेशम फिलिली’ लाई देशभरका हलमा वितरण गर्नेछन्। फिल्म महाशिवरात्रीको अवसर पारेर देशब्यापी प्रदर्शनमा आउन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)