सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जातीय विभेदविरुद्ध ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक

२०७७ श्रावण २९, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं: जातीय विभेदविरुद्ध सञ्चरकर्मी एवं कलाकार प्रकाश बराइली (अभिव्यक्ति) को ‘जातीय भेदभाव’ नामक गीत सार्वजनिक भएको छ । २१ औँ शताब्दीसम्म आएर पनि दलितमाथि हरेक प्रकारका दमन, अत्याचार, शोषण, हत्याहिंसाको सो गीतमा कलाकार गायिका बिन्दु बिसी र प्रकाश बराइलीकै आवाज रहेको छ ।

गीतमा बराइलीको शब्द, गायक सङ्गीतकार रमेश विक्रम रत्नको सङ्गीत रहेको छ । भिडियोमा चर्चित कलाकार शिव विक, चन्द्र शर्मा, शङ्कर बिसी, शिवन पोखरेल, होम धिताल, राकेश शोनी, टीका भुजेल, प्रकाश बराइली अभिव्यक्ति, ध्रुव हिमाली, निर आले मगर, राजकुमार रायमाझी, राजु रिजाल, दिपाशा बिसी, रिना थापामगर, आशा भुसाल, अनिता बस्नेत, मैना रेश्मी मगर, वर्षा शिलवाल, उषा सुवेदी, रितु तामाङ, सोनम गुरुङ, बिन्दु बिसी, बन्दना नेपाल, आइसा राईलगायतको अभिनय रहेको छ । गीतमा पछिल्लो समयमा जातीय भेदभाव तथा छुवाछूतका कारण देशैभरि भएका घटनालाई समेत समावेश गरिएको गायक बराइलीले जानकारी दिनुभयो ।

त्यसैगरी गायिका सीता रसाइलीले जातीय भेदभावमा आधारित तीज गीत ‘वर्ष दिन बितेको’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गर्नुभएको छ । सङ्गीतकार बिबी अनुरागीको शब्द र सङ्गीत र गायिका रसाइतीको स्वर रहेको सो गीतमा समाजमा व्याप्त वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैङ्गिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्यायको सुनिश्चितका लागि सबै सचेत भई लाग्नुपर्ने गीतको मूल भाव रहेको छ ।

विभेदका घटनामा भत्र्सना र विरोध मात्र होइन, कानूनलाई व्यवहारमा लागू गर्नुपर्छ भन्ने सन्देश गीतमार्फत दिइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई