सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘होस्टेल ३’ को ट्रेलर युट्युब ट्रेन्डिङमा, २४ घण्टा नबित्दै १० लाखभन्दा बढीपटक हेरियो

२०८१ फागुण १०, शनिबार

काठमाण्डौः फिल्म ‘होस्टेल ३’ को ट्रेलर रिलिजको केही घण्टामै युट्युब ट्रेन्डिङको शीर्षस्थानमा उक्लिएको छ।

शुक्रबार रिलिज ट्रेलर केही घण्टामै युट्युब ट्रेन्डिङमा मुभिज खण्डतर्फ पहिलो नम्बरमा आएको हो। यसलाई रिलिजको २४ घण्टा नबित्दै १० लाखभन्दा बढीपटक हेरिएको छ।

यो ट्रेलर विश्वका विभिन्न १३ देशहरूमा समेत ट्रेन्ड्रिङमा रहन सफल भएको भन्दै निर्माण टिमले खुसी व्यक्त गरेको छ। सार्वजनिक ट्रेलरमा कलेज तथा होस्टेल जीवनकोे कथा देखाइएको छ। सशान कँडेलको कथा तथा निर्देशन रहेको यो फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी र समा पराजुली लगायतको शीर्ष अभिनय छ।

त्यस्तै, प्रवीण खतिवडा, उमर खान, दिनेश डिसी, आशिष पुरूष, सुवास गजुरेल, उत्तम केसी लगायतको अभिनय छ। ‘होस्टेल’ फिल्म श्रृङखलाले अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन जस्ता कलाकारहरूलाई स्टारडम दिएको थियो। ‘होस्टेल ३’ थुप्रै कलाकारहरूको डेब्यु रहेको र यो फिल्मले उनीहरूलाई पनि स्थापित गर्ने विश्वास निर्माण पक्षले लिएको छ।

यो फिल्मको कथा माधव शर्माले लेखेका हुन् भने निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी छन्। सह–निर्मातामा शिशिर ज्ञवाली, अनिश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन्।

फिल्म छायांकन निर्देशन अर्जुन तिवारीले गरेका छन् भने सम्पादन विकास दाहालले गरेका छन्। ‘होस्टेल ३’ यही फागुन २३ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)