काठमाण्डौः नेपालका लागी नेपाली अभियानका अभियन्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) ट्रमा सेन्टरबाट डिस्चार्ज भएका छन् ।
ट्रमा सेन्टरबाट डिस्चार्ज भएसँगै बाहिरिएका शाहीले बिहिबार ट्रमा सेन्टरमा पत्रकार सम्मेलन गरी चितवनको चौबिसकोठीमा आफुमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीसँग साँठगाँठ भएको दाबी गरेका छन् ।
टाउको र खुट्टामा गम्भीर चोट लागेका शाही ह्वीलचियरमा बसेर अस्पतालबाट बाहिरिएका शाहीले पत्रकार सम्मेलन मार्फत आफुमाथी आक्रमण गर्ने समुहले चितवनका एसपी दानबहादुर मल्लसँग आधा घण्टा अघी सँगै बसेर चिया खाएको प्रमाण समेत रहेको बताएका थिए ।
उनले आफूमाथि आक्रमण गर्ने व्यक्ति प्रहरीसँग मिटिङ बसेको र पछी त्यही समुहले आफूमाथि आक्रमण गरेको दावी गरेका छन् । साथै उनले आफूसँग त्यसको अडियो रेकर्ड समेत सुरक्षित रहेको बताएका छन् ।
गत असोज ११ गते अभियान कार्यक्रम सञ्चालनको लागि चितवनको चौबिसकोठीमा शाहीमाथि सांघातिक आक्रमण भएको थियो । गम्भिर घाइते भएका शाहीको चितवन मेडिकल कलेज हुँदै काठमाण्डौको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो ।
नेपालका लागी नेपाली अभियानका अभियन्ता ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले जारी गरेको प्रेश विज्ञप्ती