सदाबहार खबरको रफ्तार ....
असोज १०, २०८० बुधबार
September 27, 2023
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय

पर्सामा मोबाईल चोरको बिगबिगीः चार जना प्रहरी नियन्त्रणमा

२०७६ असोज १७, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौ: जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले चोरीका १७ थान मोबाइल सहित चार जना चोरहरूलाइ विरगञ्जका विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्सा जिल्ला बिरगञ्ज महानगरपालिका वडा नं. ३ बस्ने मिश्री यादवको छोरा २४ बर्षीय गौरीशंकर यादव, बिरगञ्ज महानगरपालिका वडा नं. १७ बस्ने जोधा राम हरिजनको छोरा २४ बर्षीय मनोज राम हरिजन रहेका छन् ।

यसैगरी बिरगञ्ज महानगरपालिका वडा नं. १४ बस्ने जाकिर अन्सारीको छोरा २२ बर्षिय जमसेद अन्सारी र भारत बिहार जिल्ला पुर्बी चम्पारण बस्ने प्रमेख पटेलको छोरा २२ बर्षीय को विक्रम पटेललाइ पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका सबै जनालाइ जिल्ला प्रहरीको टोलीले विहिबार र शुक्रबार बिरगञ्जका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको हो ।

प्रहरीले तिनिहरूको साथबाट नगद नेपाली २१ हजार ७ सय २६ रूपैया तथा भारु १७ हजार नगद र विभिन्न ब्राण्डका मोबाईल फोन १७ वटा सहित फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

बनेको तीन महिनामै सडक भत्किएपछि…

एकनाले भरूवा बन्दुकसहित एक जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १३ जना पक्राउ

राष्ट्रिय सभा बैठक सर्‍यो

गरिबीले उमेर नपुग्दै विहे, सबै विहे सरोकारवालाले गराए बदर

डाक्टर कुटेको आरोपमा वडाध्यक्ष पक्राउ

धनगढीमा भोलिबाट पाँच दिन विद्युत अवरुद्ध हुने

दशगजा क्षेत्रमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा नेपालीको शव फेला

काठमाडौँ र भक्तपुरमा एकै दिन १६ लाख बढीको चोरी

बालुवा उत्खनन गर्ने १० ट्याक्टर प्रहरी नियन्त्रणमा

सर्लाहीको मलंगवामा दिउँसोको कर्फ्यू हट्यो, निषेधाज्ञा जारी

नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारले गति लिँदै