सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘भूठान’को ट्रेलर सार्वजनिक

२०८२ बैसाख ३, बुधबार

काठमाण्डौः हरिवंश आचार्यको मुख्य भूमिका रहेको फिल्म ‘भूठान’को ट्रेलर सार्वजनिक भएको छ।ट्रेलरमा देशले लखेटेर अमेरिकामा बस्नुपर्ने बाध्यता र भुटानी शरणार्थीको मनोविज्ञान प्रस्तुत गरिएको छ।

जहाँ हरिवंशलाई अहिलेसम्मकै फरक अवतारमा देख्न सकिन्छ। उनको बेजोड अभिनय र चोटिला संवादले ट्रेलर निकै मन छुने बनेको छ।

विष्णु केसीको भूमिकामा देखिएका उनी भुटानी नागरिक हुन्छन्। जो सन् २०८८ मा भुटानको राष्ट्रिय फुटबल खेलाडी समेत हुन्। तर, देशकाल र परिस्थितिले नेपाल हुँदै अमेरिकामा पुग्छन्।

अमेरिका लगिएका भुटानी आप्रवासीको भूमिकामा देखिएका हरिवंश गम्भीर मुद्रामा देखिएका छन्। जो आफ्नो जन्मथलो फर्कन खोजेको तर नपाएर विक्षिप्त बनेको ट्रेलरमा देख्न सकिन्छ।

हलिउडका विश्वविख्यात अभिनेता ब्रुस डर्न पनि पहिलोपटक नेपाली निर्देशकले बनाएको फिल्ममा देखिएका छन्। विनोद पौडेल निर्देशित यस फिल्ममा हरिवंशसहित दयाहाङ राई, पूजा चन्द, अनुराधा मजुमदार, ऋचा घिमिरे, जोएस पाण्डे, टम क्रेनलगायतको अभिनय छ।

अंग्रेजीमा ‘द वर्ल्ड्स ह्याप्पिएस्ट म्यान’ नाम रहेको फिल्ममा हलिउडका चर्चित अभिनेता ब्रुस डर्नले पनि अभिनय गरेका छन्। ‍यस फिल्मको प्रमुख निर्माता अविरल थापा, राजेन्द्र ठकुराठी, अमिताभ जोशी, सुशांक मैनाली र कीर्तना बाँस्कोटा हुन्।

फिल्म ठकुराठी ब्रोज, भ्याकेन्ट लाइट, एभरेस्ट इन्टरटेनमेन्ट, अमेरिकाको सहकार्यमा नेपालको अवेकन प्रोडक्सन् र अमेरिकाको म्याड मंकी फिल्म्सले निर्माण गरेको हो।

फिल्मले भुटानदेखि भारत, नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरूको देशप्रेम र आफ्नो थातथलो छाड्नुपर्दाको कथा र आफ्नो जराको खोज समेटेको छ।

यो फिल्म यही वैशाख १२ गते रिलिज हुँदै छ।

हेर्नुहोस् ट्रेलर:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)