सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

यसरी अन्त्येष्टि गरियाे राष्ट्रकवि घिमिरेको पार्थिव शरिर (फाेटाेफिचर)

२०७७ भाद्र ३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडाैंः दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज पशुपति आर्यघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

उनको पार्थिव शरीरमा छोराहरु इन्दिवर र राजीव घिमिरेले मुखाग्नि अर्पण गरेका थिए । यसअघि उनको निवास लैनचौर, अलकापुरी पुगी दिवङ्गत घिमिरेप्रति उपप्रधानमन्त्री ईश्वर पोखरेल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, नेता अर्जुननरसिंह केसी, नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीलगायतले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

नेपाली सेनाका मानार्थ सहायक रथी घिमिरेको सम्मानमा सेनाका अधिकृत नेतृत्वको टुकडीले सम्मान गारत अर्पण गरेको थियो । आर्यघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई, पूर्वरक्षामन्त्री भीमसेनदास प्रधान, उच्च सैनिक अधिकृत, साहित्यकार, कलाकारलगायतले पनि राष्ट्रकविप्रति श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

कविवर घिमिरेको मङ्गलबार साँझ १०१ वर्षका उमेरमा निधन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना