सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

मेनुकाको स्वरमा ‘बदमास’ सार्वजनिक (भिडियो)

२०८२ बैसाख ४, बिहिबार

काठमाण्डौः क्लासिकल शैलीको नेपाली म्युजिक भिडियो ‘बदमास’ को सार्वजनिक गरिएको छ । नेपाली साङ्गीतिक क्षेत्रका विशिष्ट सङ्गीतकर्मी न्ह्यू बज्राचार्यले सङ्गीत दिएको यस गीतमा गायिका मेनुका पौडेलको सशक्त स्वर सुन्न सकिन्छ ।

नाम्लो इभेन्ट्सको प्रस्तुतिमा बनेको यस म्युजिक भिडियो बुधवार काठमाडौंमा आयोजना गरिएको एक कार्यक्रममा सार्वजनिक गरिएको हो, जसका निर्माता तथा गीतकार सुन्दर राज भण्डारी हुन् । एरेन्जरको रूपमा गोपाल रसाइली, कार्यकारी निर्माताको रूपमा विक्रान्त मान श्रेष्ठ रहेका छन् ।

यसको भिडियो निर्देशन बिमलेश अधिकारीले गरेका छन्, जसले सयौँ म्युजिक भिडियो र दर्जनौँ फिल्ममा अभिनय गरिसकेका छन् । अधिकारीले निर्देशन गरेको यो पाँचौँ म्युजिक भिडियो हो । भिडियोमा अभिनेत्री सनिषा भट्टराई र अभिनेता विजु पार्कीको अभिनय रहेको छ । कोरियोग्राफी करण शाहले गरेका हुन् भने छायाङ्कन हरि हुमागाईँले, सम्पादन प्रवीण मानन्धरले र प्रोडक्सन व्यवस्थापन दिपेन गौतम ‘माइकल’ले सम्हालेका छन् ।

समारोहमा वरिष्ठ गायक विकास राणा, वरिष्ठ कवि तथा साहित्यकार विप्लव प्रतीक, अभिनेता विपिन कार्की, अभिनेत्री केकी अधिकारी, तथा अभिनेता प्रशान्त ताम्राकारसहित विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै साहित्यकार विप्लव प्रतीकले गीत सुनेपछि आफू भाव विह्वल भएको प्रतिक्रिया दिए । उनले सङ्गीतकार न्ह्यू बज्राचार्यलाई ‘लिभिङ लिजेन्ड’ को संज्ञा दिँदै गीतकार राज भण्डारीको कलात्मकता, गायिका पौडेलको मिठासपूर्ण गायन र निर्देशक बिमलेश अधिकारीको संवेदनशील निर्देशनको खुलेर प्रशंसा गरे । साथै, कलाकार सनिषा र विजुको अभिनयले गीतमा नयाँ उचाइ थपेको उनको भनाइ थियो ।

गीतकार सुन्दर राजभण्डारीले आफू प्रत्येक वर्ष दुई वटा गीत सार्वजनिक गर्ने योजनामा रहेको बताउँदै सशक्त सिर्जना मार्फत नेपाली सङ्गीतमा योगदान दिन चाहेको बताए । निर्देशक अधिकारीले आफैँ अभिनेता भए तापनि यस पटक निर्देशनमै केन्द्रित रहेर काम गरेको र उत्कृष्ट निर्देशन दिन प्रयासरत भएको उल्लेख गरे । गीतमा अभिनय गरेका कलाकार सनिशा भट्टराई र विजु पार्कीले सक्षम टिमसँग काम गर्न पाउनु गर्वको कुरा भएको बताउँदै दर्शकको माया प्राप्त हुनेमा विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)