सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

दीपेन्द्र अधिकारीको ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक (भिडियो)

२०८२ बैसाख १२, शुक्रबार

काठमाण्डौः दीपेन्द्र अधिकारीको शब्द रचना रहेको गीत ‘तिमी नै छौ यो मनमा’ सार्वजनिक भएको छ । अञ्जु पन्त र दुर्गा पराजुलीको स्वर, दुर्गाकै सङ्गीत, राजु कार्कीको म्युजिक एरेन्ज र किशोर थापाको मिक्सिङ एवम् माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

वीरेन्द्र भाट ‘विपिन’को निर्देशन एवम् सम्पादन रहेको गीतको भिडियोमा रमेश चन्द सोडारी र मिशेल घिमिरेलाई फिचरिङ गरिएको छ । भिडियोमा उच्च पहाडी भेगका चौंरी गोठाला युवक र युवती बीचको प्रेमकथा प्रस्तुत गरिएको छ ।

भिडियोका निर्देशक वीरेन्द्रका अनुसार कथाको माग अनुसार रसुवा जिल्ला, आमाछोदिङ्मो गाउँपालिकाको चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका रमणीय स्थानहरूमा दुई दिन लगाएर भिडियोको छायांकन गरिएको हो । महेश महराको छायांकन रहेको भिडियोमा चौंरी चरनमै प्रेममा परेका दुई गोठालाको एक-अर्काप्रतिको समर्पण भाव र उनीहरूको काल्पनिक संसारलाई मनमोहक ढङ्गमा प्रस्तुत गरिएको छ । भिडियो वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।

भिडियो सार्वजनिक भएपछि आफ्नो भावना अनुरुप शब्दले नयाँ जीवन पाएको प्रतिक्रिया गीतकार अधिकारीले दिए । यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल (मामा भाञ्जीको गीत)’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपाली (दसैं-तिहार)’, ‘सपना सजाई’ लगायतका गीत श्रोता/दर्शकमाझ ल्याउनुभएका अधिकारी लामो समयदेखि जापानलाई कर्मथलो बनाएर नेपाली गीत-सङ्गीत तथा साहित्यमा निरन्तर क्रियाशील रहनुभएका सर्जक हुनुहुन्छ ।

आगामी जेठ ९ गतेदेखि सिनेमाघरमा आउन लागेको फिल्म ‘नरसिंहा’ मा पनि दर्शकले रमेश चन्द र मिशेललाई प्रेमी जोडीको रुपमा नभए पनि फरक फरक प्रभावशाली भूमिकामा देख्न सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)