सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

विनोद अधिकारीको शब्दमा शिव परियारको ‘बैमानी’ [भिडियो]

२०८२ बैसाख १३, शनिबार

काठमाण्डौः गीतकार विनोद अधिकारीको नयाँ गीत ‘बैमानी’ सार्वजनिक भएको छ ।

गायक शिव परियारको स्वरमा रहेको ‘बैमानी’ गीतमा विपिन आचार्यको संगीत तथा संगीत संयोजन रहेको छ । बहुआयामिक ब्याक्तित्व गीतकार बिनोद अधिकारीका तीनवटा गीतहरु एम.बी.म्युजिक रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएका छन् भने दुईवटा गीतको छायांकन समेत भैसकेको छ ।

‘बैमानी’ गीतको म्युजिक भिडियोको छायाँकन काठमाडौ लगायत ललितपुरका विभिन्न रमणीय ठाउँहरुमा भएको छ । भिडियोमा गीतकार बिनोद अधिकारी मुख्य भूमिकामा देखिएका छन् । उनको साथमा अहिलेकी चर्चित अभिनेत्री आयुष्मा कार्की र रोबिन पोख्रेलले अभिनय गरेका छन् ।

भिडियोलाई संगीतकार बिपिन आचार्यले निर्देशन गरेका छन् । भिडियोको छायाँकन दुर्गा प्रसाद पौडेलले गरेका हुन् भने भिडियोको सम्पादन बिकास ज्ञवालीले गरेका हुन् । ‘बैमानी’ गीतको भाव भने चोखो मायामा हुने धोका र बिश्वासघातमा आधारित वियोगान्त कथा रहेको छ ।

नेपालका विभिन्न कलेजहरुमा अध्यापन गराउनुका साथै प्लस २ देखि बीबीएससम्मका एकाउन्टिङ बुक सिरिजका लेखक समेत रहेका बिनोद अधिकारी बिगत सात बर्षदेखि अस्ट्रेलियाको डार्बिनमा श्रीमती सीता पन्त अधिकारी र दुई छोराहरु शुभान्जन र विमोचन अधिकारीका साथमा बस्दै आइरहेका छन् ।

सानैदेखि गीत संगीत र साहित्य र समाज सेवामा रुचि भएका बिनोदका कथा कविता अनि लेखहरु विभिन्न प्रतिष्ठित पत्रपत्रिकामा छापिए पनि गीत भने रेकर्डिङ गर्ने मेसो नमिलेको तर अहिले आएर आफ्नै जन्मभुमि भक्तपुरका विभिन्न ठाउँहरु समेटेको गीतमा आफ्नै स्वर समेत दिन भ्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)