काठमाण्डौः लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यसपालि आफ्नो जन्मदिन फरक ढंगले मनाइन्। जन्मदिनका दिन सोमबार उनी भावुकरूपमा फेसबुकमा देखिइन्, दर्शकसँग दुई हात जोडेर माफी माग्दै गरेको देखिइन्।
एक टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा अभिनेता राजेश हमाललाई ‘महानायक हुनुहुन्छ र?’ भनेका कारण विवादमा परेकी उनले सोही प्रसंगमा दर्शकसँग माफी मागेकी हुन्। उनले झन्डै ८ मिनेट लामो भिडियो सन्देशमा बोल्दै समस्याबाट भाग्नुभन्दा पनि समस्यालाई व्यवस्थापन गर्नु ठूलो हुने भन्दै आफ्नो फेसबुक अकाउन्टमा भिडियो सन्देश पोस्ट गरेकी छिन्।
३० वर्ष लामो कलाकारिताका क्रममा आधा समय पीडादायी नै भएको जनाउँदै २०६० सालमा हास्य सिरियल तीतो सत्यपछि पछाडि पर्केर हेर्न नपरेको र फिल्मका लागि दर्शकले माया गरेको स्मरण गर्दै दीपाले सोमबार दुई हात जोडेर भिडियोमा भनेकी छिन्– ‘मेरो अभिव्यक्तिले तपाईंहरू सबैको मन दुखेको छ। कृपयाँ, आफ्नै दिदीबहिनी सम्झिएर माफी दिनुहोला।’
लोकप्रिय हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले यसपालि आफ्नो जन्मदिन फरक ढंगले मनाइन्। जन्मदिनका दिन सोमबार उनी भावुकरूपमा फेसबुकमा देखिइन्, दर्शकसँग दुई हात जोडेर माफी माग्दै गरेको देखिइन्।
लाईभको अन्तयमा उनले व्यक्तित्व विकासमा पनि समय खर्चिन्छु। प्यारा दर्शकका लागि राम्रो फिल्म बनाउने कोशिस गर्छु। छुटाउनै नहुने कुरा के छ भने फ्यानहरू राजेश दाइको फ्यानहरू, मेरो फ्यानहरू भन्ने हुँदैन, सबै कलाकारको फ्यानहरू फ्यानहरू नै हुनुहुन्छ आखिर। उहाँहरूलाई के रिक्वेस्ट गर्न चाहन्छु भने मेरो अभिव्यक्तिले यहाँहरूको मन दुखेको छ। प्लिज, आफ्नै दिदीबहिनी सम्झेर मलाई माफी दिनुहोला भनेकी छिन।’
भिडियो हेर्न तलको लिकंमा क्लिक गर्नुहोस
https://www.facebook.com/deepashree.niraula/videos/3412083022189470/?t=15
