सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘भिजिट भिसामा’ गीत एकाएक चर्चामा, भ्यूज ४ करोड नाघ्यो

२०८२ जेठ २०, मंगलबार

काठमाण्डौः घरेलु राजनीतिमा यतिबेला ‘भिजिट भिसा’ प्रकरण चर्किएको छ । यो प्रकरणमा गृहमन्त्री रमेश लेखकको सचिवालय नै संलग्न रहेको बताउँदै विपक्षीले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध जारी राखेका छन् ।

यस्तोमा, ६ वर्षअघि युट्युबमा रिलिज भएको हरिवंश आचार्य अभिनित गीत ‘भिजिट भिसामा’ एकाएक चर्चामा आएको छ । फिल्म ‘दाल भात तरकारी’मा समावेश यो गीतमा हरिवंशसहित निरुता सिंह लगायतले अभिनय गरेका छन् ।

राजनीतिमा भिजिट भिसाको मामिला चर्किएपछि अहिले यो गीतमा टिकटक र रिल्स बनाउनेको संख्या पनि बढेको छ । धेरैले यो गीतमा भिडियो बनाउँदै सेयर गरिरहेका छन् । यो गीतलाई राजनीतिक मुद्दासँग जोडेर भाइरल बनाइएको छ ।

जसले गर्दा, युट्युबमा यो गीतको भ्यूज पनि ह्वात्तै बढेको छ । यसैसाता मात्र यो गीतको भ्यूज ४ करोड ९ लाख नाघेको छ । भिजिट भिसा प्रकरण चर्किएसँगै यसको प्रभाव गीतको भ्यूजमा देखिन्छ । जसले गर्दा भ्यूज संख्या नै ४ करोड नाघेको हो ।

यति मात्र होइन, केही दिनअघि कोशी प्रदेशको सभामा माओवादी सांसदले यो गीत गाउँदै गृहमन्त्रीको राजीनामा मागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)