सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

माग्ने बुढाको फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक (भिडिओ)

२०८२ असार १६, सोमबार

काठमाण्डौः फिल्म ‘माग्ने राजा’ को टिजर सार्वजनिक भएको छ।

केदार घिमिरे (माग्ने बुढा)को मुख्य भूमिका रहेको फिल्मको टिजर सोमबार रिलिज गरिएको हो। झन्डै २ मिनेटको टिजरभर केदार हाबी छन्। यसमा उनी ‘माग्ने राजा’ को भूमिकामा छन्।

कुनै फाँटमा घोडामा चढेर आइरहेका उनले गाउँलेलाई पैसा बाँडेको दृश्यबाट टिजर सुरू हुन्छ। रमाइलो खालको यो टिजरमार्फत फिल्मको कथावस्तु र पात्रबारे जानकारी दिन खोजिएको छ।

टिजरमा केदारसहित विल्सन विक्रम राई, वर्षा शिवाकोटी, शिशिर वाङ्देललगायत कलाकारहरू देखिएका छन्। ऋषि लामिछानेको निर्देशन रहेको यो फिल्मको प्रस्तुतकर्ता मुनाल घिमिरे हुन्। सामिप्यराज तिमल्सेनाको लेखन रहेको फिल्मको निर्मातामा मधुसुदन शर्मा छन्।

‘माग्ने राजा’ हरितालिका तीजको अवसर पारेर भदौं ६ गतेदेखि प्रदर्शनमा आउनेछ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)