सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

ट्रेन्डिङ नम्बर २ मा ‘जाने भए जाम माया’ (भिडिओ)

२०८२ असार २६, बिहिबार

काठमाण्डौः भ्लगर सिसन बानियाँ र गुराँस नानीसँगको सहकार्यमा दुर्गेश थापाले ल्याएको नयाँ गीत ट्रेन्डिङमा परेको छ।

बुधबार सार्वजनिक भएको ‘जाने भए जाम माया’ २४ घण्टा नपुग्दै युट्युबको ट्रेण्डिङमा परेको हो।२० घण्टामा १६ लाख बढी दर्शकले हेरिसकेको गीत युट्युबको संगीततर्फको ट्रेन्डिङको दोस्रो स्थानमा छ। पहिलो स्थानमा भने सज्जनराज वैद्यको ‘बेहुली’ गीत रहेको छ।

दुर्गेश, सिसन र गुँरास नानीबीचको यो सहकार्यलाई दर्शकले रुचाएका छन्। युट्युवमा मात्रै नभई टिकटक र रिल्समा पनि यो गीत छाएको छ। गुराश नानी सामाजिक सञ्जालमा ट्रोल आएकी छिन्।

यस गीतको शब्द, संगीत र संगीत संयोजन दुर्गेशकै रहेको छ। स्वरमा दुर्गेशलाई सिसन र अल्हाजी गेरोले साथ दिएका छन्। गीतको भिडिओमा दुर्गेश, सिसन र गुँरास नानीसँगै अन्य कलाकारहरू छन्।

गीतलाई २० घण्टामै १६ लाखभन्दा बढी पटक हेरिएको छ। यसअघि यस्तो रेकर्ड विष्णु माझीको गीत ‘आइन आम यो तीजमा’ले राखेको थियो। माझीको गीत रिलिजकै दिन १५ लाख पटक हेरिएको थियो।

दुर्गेशको गीतले भने रिलिजको २० घण्टामा विष्णु माझीको गीतको उक्त रकर्ड तोडेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)