सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भारतीय नागरिकलाई बाँकेबाट भारततर्फ पठाउने प्रशासनको तयारी (फोटो फिचर)

२०७७ भाद्र १३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डाैंः जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालमा रहेका भारतीयहरुलाई भारततर्फ पठाउने तयारी शुरु गरेको छ । भारतको नानपारा क्वारेन्टाईनमा रहेका नेपालीहरुलाई स्वदेश ल्याउने क्रममा त्यहाँ रहेका भारतीयहरुलाई फिर्ता पठाउन लागिएको जनाएको हो ।

लम्बिदो लकडाउनका कारण भारतको बहराईच, नानपारा आसपासका क्षेत्रका क्वारेन्टाईनमा राखिएका तथा सिमा नाकामा अलपत्र अवस्थामा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता गराउन लागिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी विर बहादुर वलीले जानकारी दिए ।

नेपालका बिभिन्न क्वारेन्टाइन, होटल तथा आफन्त कहाँ बसेका अन्दाजी पाँच सय भारतीयलाई सीमा पार गराइने र सोही सङ्ख्यामै नेपालीहरु नेपाल प्रवेश गर्ने आँकलन गरीएको वलीले बताए ।

नेपाल प्रवेश गर्ने सबैलाई जमुनाहमै आडिटी बिधिबाट कोरोना परिक्षण गर्ने तयारी गरीएको बताउँदै वलीले जिल्ला भित्रका नागरिकहरुलाई महेन्द्र क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिने र अन्यलाई उनिहरुकै गृह जिल्लामा पठाउने तयारी भइरहेको जानकारी दिए ।

 

नेपाल भित्रिने ब्यक्तिहरुको स्वास्थ्य परिक्षणकालागि जमुनाहमा नेपाली सेनाले क्याम्प स्थापना गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भारतबाट आउने नेपालीहरुलाई पहिलो चरणमा (र्‍यापिड डाइनोस्टिक टेष्ट) आरडिटी बिधिबाट परिक्षण गरीने छ । आरडिटीको रिपोर्ट नेगेटिभ देखिएमा उनिहरुलाई सम्बन्धित जिल्ला पठाउने बारे छलफल भइरहेको श्रेष्ठले बताए । नागरिक खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना