सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

तीजको ‘छमछमी गीत’ लिएर कोशीबाट उदाइन् सुनिता (भिडिओ)

२०८२ असार ३२, बुधबार

काठमाण्डौः इटहरीलाई आफ्नो कर्मथलो बनाएर गीत संगीतमा लागेकी गायिका सुनिता कटवालले हिन्दुनारीहरुको महानपर्व तीजलाई ध्यानमा राखेर मौलिक तीज गीत आफ्नो यूटुब च्यानलमार्फत सार्वजनिक गरेकी छन् ।

सुनिता कटवाल नामक आफ्नै यूटुब च्यानल मार्फत उनले लोक लयमा आधारित तीज गीत ‘छम छामी नाचे जे होला’ सार्वजनिक गरेकी हुन् उक्त गीतले परम्परागत तीज संस्कृतिलाई राम्रोसँग प्रस्तुत गरेको छ । निसाद संगीत पाठशाला समेत सञ्चाल गर्दै आएकी उनको गीतमा बनेको म्यूजिक भिडिओ पनि उत्कृष्ट छ ।

सो तीज गीतको शब्द/संगीत बिष्णु भट्टले तयार गरेका हुन् ।  देबेश राईले गीतलाई राम्रो एरेन्ज , मिक्सिङ÷मास्टरिङ गरेर न्याय दिएका छन् । योगेश मुकुरुङ राईले ‘सेवा रेकर्डिङ’ स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् ।

गीतलाई आकर्षक भिडिओ बनाउनका लागि कोरियोग्राफी तथा निर्देशन विशाल कैनीले निर्देशनको भूमिका निर्वाह गरेका छन्। भिडिओको छायांकन महेश महराले गरेका छन् ।   दीपा शाही र टेक बिसीको आकर्षक अभिनय र नृत्य देख्न सकिन्छ ।  भिडिओको उत्पादन शिरीष खड्काले गरेका हुन ।

गीतमा विशेषगरी तीजको रमाइलो माहोल, नारीहरूको दुख–सुख साटासाट गर्ने मेलोमेसो, परम्परागत नृत्य शैली र भावनात्मक पक्षलाई उजागर गर्न कोशिस गरेको गायिका कटवालले जानकारी दिइन् । उनले नयाँ तीज गीतबाट दर्शक श्रोताहरुको राम्रो पाउने आशा पनि राखेकी छन् ।

उनले आफ्नो यूटुब च्यानलमा रहेको तीज गीतलाई बिभिन्न सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग गरी हौसला प्रदान गर्न आम दर्शक श्रोतामा आग्रह समेत गरेकी छन् ।

उनले टिकटक चलाउने संगीतप्रेमी भगवान रुपी दर्शकहरुलाई आ आफ्नो टिकटक एकाउन्ट मार्फत नयाँ तीज गीतको भिडिओ बनाएर प्रचार प्रसारका लागि सकेको सहयोग गर्न बिषेश अनुरोध समेत गरेकी छन् ।

केही महिना अघि गायिका कटवालले युवापुस्ताका लागि निर्कै आकर्षक डान्सिङ गीत निर्माण गरेकी थिइन् । सो गीत समेत उनको यूटुब च्यानलमा हेर्न सकिन्छ । ६ दिनअघि सार्वजनिक भएको कटवालको गीत यो समाचार तयार पर्दासम्म ३५ हजारबढी  दर्शकले मन पराईसेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)