सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

प्रकाश सपूतको ‘नाइँ भनेसी नाइँ’ सार्वजनिक

२०८२ श्रावण १७, शनिबार

काठमाण्डौः तीज पर्व नजिकिँदा गायक तथा कलाकार प्रकाश सपूत यस वर्ष पनि मर्मस्पर्शी गीत लिएर स्रोतादर्शकमाझ आएका छन्।

उनले छोरीचेलीहरुको कथाव्यथा बोकेको ‘नाइँ भनेसी नाइँ’ बोलको गीत सार्वजनिक गरेका हुन्। आफ्नै शब्द तथा संगीतको गीतलाई अहिलेका लोकप्रिय गायिका समीक्षा अधिकारी र एलिना चौहानले स्वर भरेका छन्।‘प्रकाश सपूत’ युट्युब च्यानलबाट सार्वजनिक गीतमा बलात्कारविरुद्ध महिला सशक्तीकरणको आवाज बोल्छ।

अभिनेत्री रेखा थापाको मुख्य भूमिका रहेको भिडियोमा प्रकाशसहित सिम्रन खड्का, संजोग बराइलीलगायतको अभिनय छ।कम्पनीको ‘सक्सेस पार्टी’ अवसरमा खिचिएको भिडियोको सुरुआतमै एक युवतीलाई बलात्कार प्रयास देखाइएको छ। भिडियोको निर्देशन उनै प्रकाशको हो।

स्टेज शोमा गायनका क्रममा गायिका समीक्षा अधिकारी र एलिना चौहान पनि फिचर्ड छन्। दुबै गायिकाको स्वरमा गीतको मेलोडी निकै मर्मस्पर्शी छ–‘सुन दाजुभाइ, नाइँ भनेसी नाइँ ।।।।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

अन्याय र विकृतिविरुद्ध पाँच भाइको संघर्ष, ‘पाँच पाण्डव’को ट्रेलर सार्वजनिक

सात महिनामै ‘मायालाई के दिऊँ म बैना’ले पार गर्‍यो पाँच करोड भ्युज

गायिका नीता आचार्यको ‘ए फूल ए जुन’ सार्वजनिक (भिडियो)

कीर्तिमानी डा. उपाध्यायको नयाँ भजन ‘श्रीराम’(भिडियो सहित)

कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’

चलचित्र ‘मायाको गाउँ’ मा समावेश ‘सबले भन्छन् जिन्दगी त..’ बोलको गीत सार्वजनिक

सुर रक्सको नयाँ गीत ‘पञ्चेबाजा बजाई लान्छु’ सार्वजनिक (भिडियो)

प्रेम–वियोगको भावनाले भरिएको ‘अभिमन्यु’ को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक

नेपाली चलचित्र ‘धागो’को ट्रेलर सार्वजनिक (भिडियो हेर्नुहोस्)

आशान्त शर्माको फिल्म ‘ताराहरू’ को ट्रेलर सार्वजनिक

सरलाको तीज गीतमा शान्तिश्री परियारको स्वर (भिडियो)

वसन्ती र राजको स्वरमा व्यंग्यात्मक तीज गीत ‘सुनको चुराले’ (भिडियो)