काठमाण्डौः वसन्ती लामा तथा राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै संगीत तथा सुन्दर लामाको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
परम्परागत लोक धुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ ।‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा, ए सुनको चुराले, लौ दिक्कै पार्यौ बुढा तिम्रा कुराले’ जस्ता शब्दहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएको छ ।
आदित्य बुढाथोकीको निर्देशन, राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ ।
गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै यो भिडियोले दर्शकको माया पाउन सफल भएको छ ।
