सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘सुनको मोहर’ जित्ने मौका

२०८२ भाद्र २२, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं  भदौ २२ गते – फिल्म मोहर निर्माण पक्षले आइतबार नायक पल शाह स्टारर पाँचौँ सातामा प्रदर्शनरत फिल्म ‘मोहर’ले भाग्यशाली ९ दर्शकलाई ‘सुनको मोहर’ दिने घोषणा गरेको छ ।

फिल्ममा पलसहित नायिका नीति शाह र बेनिशा हमाल शीर्ष भूमिकामा छन् । ओम प्रतीकको लेखन र निर्देशनमा यो फिल्म बनेको हो । निर्माता चुम्बन जंग शाही हुन् । चितनवको म्याङ्गो हलका तीन, सिटी स्क्वायर, कीर्तिपुर सिनेप्लेक्स र रञ्जना सिनेप्लेक्सका दुई-दुई गरी ९ दर्शकलाई मोहर दिन लागिएको हो ।हलमा पुगेर यो फिल्म हेर्ने ९ दर्शकले लक्की ड्रमार्फत् सुनको मोहर पाउने निर्माण पक्षले आइतबार घोषणा गरेको हो ।

निर्माण पक्षका अनुसार ‘मोहर’ पाउने दर्शक लक्की ड्रबाट चयन हुनेछन् ।

मोहर जित्नका लागि दर्शक प्रक्रियामा जानुपर्नेछ । माथि तोकिएका फिल्म हलमा एक बक्स राखिएको छ । फिल्म हेर्न आफूले लिएको टिकटको पछाडिपछि नाम र नम्बर लेखेर उक्त बक्समा राख्नुपर्नेछ ।

भदौ २३ गते असोज ११ गतेसम्म फिल्म हेर्ने दर्शक मात्रै यस लक्की ड्रमा सहभागी हुन पाउने निर्माण पक्षले बताएको छ ।

लक्की ड्रबाट विजेता चयन गरी ‘सुनको मोहर’ फिल्म प्रदर्शनको ५१ दिने कार्यक्रममा वितरण गरिने निर्माण पक्षले जनाएको छ ।

‘मोहर’ भदौ २३ देखि प्रदर्शनरत छ । चलचित्र विकास बोर्डको रिपोर्टअनुसार यस फिल्मले ५ करोडभन्दा बढी व्यापार गरिसकेको छ ।

यो आँकडालाई हिट मान्ने प्रचलन छ । सँगै यो ‘मोहर’ यस वर्षेको दोस्रो हिट फिल्म बनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई