सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रातो मत्स्येन्द्रनाथको रथ सोह्रखुट्टे पाटीसम्म शान्तिपूर्वक तानियो (फाेटाे फिचर)

२०७७ भाद्र २१, आइतबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः वर्षा र सहकालका देवता रूपमा परिचित रातो मत्स्येन्द्रनाथको रथ आइतबार बाजागाजासहित ललितपुरको पुल्चोकबाट केही मिटर परसम्म तानिएको छ ।

दिउँसो ३.०० बजे रथ तान्न सुरु भएको र सो रथ ललितपुर महानगरपालिका भवन अगाडिको सोह्रखुट्टे पाटीसम्म पुर्याइएको थियो । मीननाथको रथ भने गाःबहालबाट पुल्चोकसम्म पुर्याउनुको साथै गुर्जुपल्टनले सलामीसमेत दिइएको थियो ।

कोरोना (कोभिड १९) को महामारी तथा सरकारले जारी गरेको निषेधाज्ञाको कारण मत्स्येन्द्रनाथको रथ तान्ने रोकिएको थियो । रथ तान्नुपर्ने दबाबसहित विभिन्न संस्कृति अभियन्ता तथा पुल्चोकका स्थानीयले दबाब दिँदै आएका थिए ।

नेकपा सांसद पम्फा भुषाल, ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायत विभिन्न व्यक्ति्व पनि रथ यात्रामा उपस्थित हुनुहुन्थ्यो । मेयर महर्जनले रथ यात्रामा व्यवस्थित भएको र कुनै पनि अप्रिय घटना नभएकोमा खुसी व्यक्त गर्दै भन्नुभयो, ‘संस्कृतिको साथै मानव जीवनलाई पनि बचाउन उत्तिकै आवश्यक छ ।’

विभिन्न १९ जातीय खलः पुचःका ५०१ स्वयंसेवक खटाएर रथको मर्मत सम्भार गराउनुका साथै रथ तान्ने व्यवस्थापनसमेत गराइरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिनुभयो ।


ज्यापू समाजका संयोजक चन्द्र महर्जनले मुलुकमा दिनानुदिन फैलिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नहुँदा तीन–तीन फिट वा छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तानेको जानकारी दिनुभयो ।

लोकनाथ र मीननाथको दुवै रथ तान्न १९ जातीय खलका मानिसका साथै पाटनका विभिन्न टोलका चारदेखि पाँच जना मानिस सहभागी हुने महानगरपालिकाले जनाएको छ ।

संयोजक महर्जनले भन्नुभयो, ‘रथयात्रामा सहभागी हुने मानिसलाई पूर्णरूपमा कोभिड–१९ को मापदण्ड अपनाउन लगाउने छाैँ ।” रथयात्रा सम्पन्न भएपश्चात् पाटनवासीले आज घरघरमा ‘छाेयलाबु पर्व’ मनाउने महर्जनले जानकारी गराउनुभयो ।

विगतका वर्षझैँ यसवर्ष टोलटोलमा रथयात्रा गर्न नसकेकाले हिजो र शुक्रबार देशमा कुनै अनिष्ट नहोस् भनेर क्षमापूजा गरिएको थियो । आउँदो शुक्रबार सम्भव भएसँगै मत्स्येन्द्रनाथलाई बुङ्मती पठाउने कुरा अघि बढिरहेको महर्जनको भनाइ छ । गोरखापत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

शपथपश्चात शपथ पत्रमा हस्ताक्षर गर्नुहुँदै नवनियुक्त राजदूतहरु

राष्ट्रपतिसमक्ष नवनियुक्त राजदूतद्वारा शपथ

घाइतेहरुको थप उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिँदै

छठ पर्व सम्पन्न गरी घर फर्कदै ब्रतालु

छठी माताको पूजा गर्नुहुँदै उपराष्ट्रपति यादव

बलिङ गर्दै पोखरा एभेन्जर्सका खेलाडी

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै भक्तजन

कात्तिक नाच प्रदर्शन गरिँदै

शव हस्तान्तरण

भाइटीका ग्रहण गर्नुहुँदै राष्ट्रपति पौडेल

बालगोपालेश्वर मन्दिरमा भाइटीका

कुकुरलाई पूजा गर्दै नेपाली सेना