सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘फिल्डमा खटिएकादेखि तत्कालीन प्रधानमन्त्रीसम्मको भूमिकामाथि अनुसन्धान हुन्छ’ : प्रवक्ता, विज्ञानराज शर्मा (अन्तवार्ता)

२०८२ असोज २७, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

जाँचबुझ आयोगले के गर्दै छ ?

मौसम विभागको भवनमा काम गर्न अप्ठ्यारो भएपछि सिंहदरबार सरेका छौं । दसैं बिदा भएकाले अघिल्लो साता काम हुन सकेन । तिहारअघि सबै निकायमा पत्राचारलगायत कार्यविधिगत काम सकेर बयानतिर अघि बढ्छौं । आयोगले जनशक्ति अभाव भएको कुरा सरकारलाई जानकारी गराएको छ । हामी छिट्टै जनशक्ति पाउने पर्खाइमा छौं ।

आयोगमा उजुरीहरू कसरी आइरहेका छन् ?

केही उजुरी आइरहेका छन् । हामीले केही फाइल र विवरण मागेर पत्र लेखेका छौं । गृह मन्त्रालय, अन्य मन्त्रालय, सर्वोच्च अदालत, कारागार व्यवस्था विभाग, उद्योग वाणिज्य महासंघ, राजनीतिक दल, व्यक्तिगत विवरण उपलब्ध गराउन सार्वजनिक आह्वान गरेका छौं । केही निकायबाट विवरण उपलब्ध हुन पनि थालेको छ ।

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध परेको जाहेरी प्रहरीले आयोगलाई पठाएको थियो । आयोगले किन प्रहरीलाई फिर्ता गर्‍यो ?

हामी फौजदारी घटना अनुसन्धान गर्ने निकाय होइनौं । त्यसैले जाहेरीलाई ‘नोटिस’ मा राखेर अनुसन्धान गर्ने निकायलाई नै फिर्ता पठाएको हो । नियमित फौजदारी अभियोगमा अनुसन्धान गर्ने निकाय भनेको प्रहरी नै हो । हामीले त प्रतिवेदन दिने मात्र हो । हाम्रो प्रतिवेदनपछि पनि अनुसन्धान गर्ने प्रहरीले नै हो । त्यही अनुसन्धानका आधारमा सरकारी वकिल कार्यालयले अभियोजन गर्ने हो ।

आयोगले कसरी उजुरी लिइरहेको छ ? सर्वसाधारणले कसरी उजुरी दिन सक्छन् ?

सबै व्यक्तिको पहुँच सिंहदरबारसम्म नहुन सक्छ । त्यसैले अनलाइन वा हुलाकबाट उजुरी पठाउन सकिन्छ । ह्वाट्एप तथा इमेलमार्फत पनि उजुरी आह्वान गरेका छौं । हाम्रो वेबसाइटमा गएर पनि त्यहाँ रहेको फर्म्याटमा उजुरी दिन सकिन्छ । त्यो पनि सम्भव नभए नजिकैको प्रहरी कार्यालयमा आयोगका नाममा उजुरी दिन सकिन्छ ।

तीन महिनाको छोटो अवधिमा देशभरको घटना कसरी अनुसन्धान गर्नुहुन्छ ?

सरकारलाई थप जनशक्तिको माग गरेका छौं । सरकारी कर्मचारीलाई काजमा लिएर अनुसन्धान अघि बढाउने तयारी गरेका छौं । फरेन्सिक, साइबर सुरक्षासम्बन्धी र अन्य विज्ञ पनि मागेका छौं । देशभर पुग्न नसक्ने भएकाले विभिन्न निकायबाट विवरण मगाएका छौं । विभिन्न कारागारबाट विवरण मागेर कैदीबन्दी फरार र कारागार तोडफोडका विषयमा अनुसन्धान गर्छौं ।

काठमाडौंको हकमा २३ र २४ भदौमा माइतीघर मण्डलदेखि तीनकुनेसम्म भएका घटनामा चरणबद्ध रूपमा अनुसन्धान गर्छौं । सुरुमा फिल्डमा खटिएका व्यक्ति हुँदै अनुसन्धान अघि बढ्छ । हामी पक्राउ गर्ने अनि अभियोजन गर्दैनौं । बयानमा बोलाउँछौं । उहाँहरूको कुरा सुनेर त्यसअनुसार प्रतिवेदन बनाएर सिफारिस गर्छौं ।कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल