सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘पुरानो सोचले कम्युनिस्ट आन्दोलन जोखिममा’, नयाँ पुस्ताबाट पुनर्गठनको आवश्यकता : महासचिव विप्लव (अन्तवार्ता)

२०८२ कार्तिक १२, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धेरै उतारचढावबीच दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनु भयो । अब कसरी अघि बढ्न्हुन्छ ?

यो चाहिँ नयाँ त नयाँ नै बाटो भयो । तर हाम्रो दृष्टिकोणअनुसारको नयाँ हो यो । परिवर्तनका सन्दर्भमा जनताको बीचबाट संसद्, जनता, सरकार सबैलाई एकीकृत ढंगले जोड्ने गरी हामीले यो निर्णय लिएको हो ।

कतिपयलाई नेकपा पनि माओवादीजस्तै फेरि संसदीय राजनीतिमा भुल्ने हो कि भन्ने आशंका छ । नेकपासँग नयाँ मार्गचित्र के छ ?

राज्यको रूपान्तरण आवश्यक छ । पुनर्संरचना आवश्यक छ भन्ने बहस त संसदभित्रै चलिराखेकै छ । हामीले जनताको बीचबाट चलाइराखेकै छौं । जेनजी आन्दोलनले त सडकबाट परिवर्तनको एउटा तहसम्म लग्यो । राज्यका संरचनालाई परिवर्तन गर्ने तहसम्म त लगिनै सक्यो । त्यसैले अबचाहिँ अहिलेको बदलिँदो सन्दर्भअनुसार एकीकृत ढंगले सबै मुद्दामा सबै क्षेत्रबाट, सडकबाट पनि जनताको बीचबाट पनि, संसदबाट पनि पुनर्संरचना गर्न सकिन्छ । यी काम गर्न सकिन्छ भनेरै दल दर्ता गरेर निर्वाचनमा जाने निर्णय गरेका हौं ।

नेकपाले निर्वाचनमा भाग लिएर कसरी विद्यमान समस्या समाधान गर्न सक्छ ?

हामीले अहिले संसदलाई कसरी हेर्छौं भने जनताको प्रतिनिधित्व गर्ने संस्थामा जनताको भावनाअनुरूप सहभागी भएर त्यसलाई जनताको पक्षमा रूपान्तरण गर्ने पहल गर्न सकिन्छ । त्यो गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

माओवादीसँग पार्टी एकतै गरेर चुनावमा जाने भन्ने थियो । तर एक्लै पार्टी दर्ता गर्नुभयो नि ?

हामीले नयाँ कम्युनिस्ट केन्द्र निर्माणको आवश्यकता बढ्यो, नयाँ कम्युनिस्ट केन्द्र निर्माणका लागि नेतृत्व तहबाट पहल हुनुपर्छ भनेर नै प्रस्ताव गरेका हौं । त्यसमा समाजवादी मोर्चाभित्रका दलहरूसँग पनि हामीले छलफल गरेका छौं । अरु विभिन्न मित्र पार्टीहरूसँग अरु कम्युनिस्ट, समाजवादी पार्टीसँग छलफल गरिराखेका छौं । त्यसको ठोस निष्कर्ष त आइसकेको छैन । त्यो एउटा क्रममा परिणाम आउला पनि । अहिलेचाहिँ हाम्रो पार्टी नेकपा एउटा स्वतन्त्र प्रतिनिधिमूलक संस्था हो । त्यस हिसाबले हामीले निर्वाचन आयोगमा पार्टी दर्ता गरौं भनेर निर्णय गरेको हो ।

तपाईंले पार्टी एकताको आधार पुरानाले छोडेर अब नयाँ ढंगले जानुपर्छ भन्दै आउनु भएको छ । त्यो सम्भव देख्नुहुन्छ ?

नयाँ कम्युनिस्ट केन्द्र एकदम आवश्यक भइसकेको छ । त्यसो गर्दा यो लामो समीक्षा आवश्यक छ । हाम्रा अग्रज नेताहरूसहित समीक्षा आवश्यक छ । यो उमेरको कुरा मात्रै पनि होइन । पुस्ताको कुरा मात्रै होइन । तर केही हो पनि । जस्तो कि, जो लगभग दुई, तीन, चार दशकदेखि नेतृत्वमा हुनुहुन्छ, यो सोचचाहिँ बदल्नैपर्छ । योचाहिँ हामीले पूरै बदल्नुपर्छ । यो हाम्रो एकदम स्पष्ट दृष्टिकोण हो । त्यो मात्रै होइन, नयाँ पुस्ता, जसले अब जनताको बीचबाट एकदमै नयाँ तरिकाले सोचिराख्या छ, त्यसलाई जोडेर कम्युनिस्ट आन्दोलनलाई पुनर्गंठन गर्नुपर्छ । अन्यथा त्यसैमा दोहोर्‍याई राख्ने, घुमाइराख्ने, पुरानैमा घुमाउने, पुरानैमा दोहोर्‍याउने हो भने कम्युनिस्ट आन्दोलन एकदमै एउटा जोखिममा छ ।

तपाईंहरूले कृषि क्रान्तिसँगै उत्पादनको कुरा पनि अगाडि बढाउनु भएको छ, अब चुनावमा कस्तो मुद्दा अघि सार्नुहुन्छ ?

हामीले त एकदमै अनुरोध गरेको कुरा के हो भने राज्यले आर्थिक दृष्टिकोण र खासगरी कृषि क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ । हामीले पुष्पकमल दाहाल कमरेड, केपी शर्मा ओली कमरेडसँग प्रस्ताव पनि गरेका थियौं । अब जनताको बीचमा हामी बसेकाले हामीले अनुभवका आधारमा यो क्षेत्रमा मिलेर काम गरौं, राज्यले थोरै सहयोग गरोस् भनेका थियौं । तर, त्यो हुन सकेन । हामीले उत्पादनका कामलाई अघि बढायौं । कृषिमा राज्यलाई अझै जोड्न पाइयो भने कर्मचारी क्षेत्रबाट, सरकारी क्षेत्रबाट, राजनीतिक क्षेत्रबाट जोड्न पाइयो भने राम्रो हुन्छ भनेका छौं । नेपालले कृषि क्रान्ति, आर्थिक क्रान्ति प्रतीक्षापूर्वक, एकदमै व्याकुलतापूर्वक पर्खिरहेको अनुभूति हुन्छ ।

नेकपा पनि संसदीय राजनीतिमा रमाउने हो कि भन्ने आशंका पनि छ नि ?

हामीसँग विभिन्न अनुभव छन् । त्यसमा भएका गलत चिजलाई रूपान्तरण गर्ने, गलत चिजमा गएर फस्ने भन्ने भन्दा पनि गलत चिजलाई रूपान्तरण गर्ने एउटा अगुवा भूमिका राजनीतिक शक्तिहरूले गर्ने हो । अहिलेसम्म यसमा त्यति धेरै सफलता देखिँदैन । तर त्यो चुनौती कसैले त उठाउनै पर्छ नि ! त्यसकारण गलत संस्थाहरू, गलत मान्यतालाई रूपान्तरण गरेर जनताको भावना र अपेक्षा अनुरूप जनताकै प्रतिनिधिले नयाँ निर्माण गर्ने हो । त्यस हिसाबले कम्युनिस्ट पार्टी भनेको एउटा श्रमजीवी जनता, स्वाभिमान, सिर्जनशील जनताको प्रतिनिधि संस्था हो । गलत मान्यतालाई रूपान्तरण गर्न सक्छौं भनेर नै हामी अघि बढेका हौं । कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

‘जनतासँग टुटेको सम्बन्ध जोड्नु नै एमाले पुनरुत्थानको पहिलो सर्त हो’ : एमाले नेता, प्रदीप ज्ञवाली (अन्तवार्ता)

‘अदालतबाट शेरबहादुर देउवाको नेतृत्वले वैधानिकता पाउनेमा विश्वस्त छौँ’ : डा. प्रकाशशरण महत (अन्तवार्ता)

जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)

जलवायु न्याय हाम्रो अधिकार हो, यही आवाजका साथ कोप-३१ मा सहभागी हुँदैछौँ : मन्त्री चौधरी (अन्तवार्ता)

१८ करोडको चर्चा निराधार, निष्पक्ष अनुसन्धान हुनुपर्छ : कांग्रेस महामन्त्री, उदयशमशेर राणा (अन्तवार्ता)

‘रास्वपासँग फेरि एकता गर्ने योजना छैन, उज्यालो नेपाललाई आफ्नै रोडम्यापअनुसार अघि बढाउँछौँ’ : कुलमान घिसिङ

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल (अन्तवार्ता)

‘ओली-प्रचण्डकै कारण कम्युनिस्ट आन्दोलन किनारामा पुग्यो’ : हरिबोल गजुरेल (अन्तवार्ता)

‘अधिवेशन बिथोल्न क्षेत्रीय सभापतिकै योजनामा फलामको भाटासहित आक्रमण गरियो’ : डा. डिला संग्रौला (अन्तवार्ता)

‘संविधान लोकतान्त्रिक छ, यसलाई बचाएर लैजान्छन् भन्ने विश्वास छ’ : पूर्वराष्ट्रपति रामबरण यादव (अन्तवार्ता)

‘तिहार–छठपछि सरकारलाई खबरदारी गर्न वैचारिक आन्दोलन गर्छौं’ : जसपा अध्यक्ष, उपेन्द्र यादव (अन्तवार्ता)

भोटेकोशी बाढीपीडितलाई दसैंअघि अस्थायी घर, दुई वर्षभित्र स्थायी बस्ती उपलब्ध गराउछौं : पूर्वाधारमन्त्री, सुनिल लम्साल