शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
अ
अ
अ
काठमाण्डौंः निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल बढेको छ।
सडकमा सवारी साधनको चाप बढेको छ। निजी तथा सार्वजनिक सवारी साधन चल्न थालेका छन्। बिहीबार बिहानैदेखि बजार खुल्न सुरु गरेको छ। केही पसल तथा व्यवसाय सञ्चालनमा आएका छन्।
सडकमा चारपांग्रे र दुईपाङ्ग्रे सवारीको चाप बाक्लै देखिएकाे छ । निजी तथा सार्वजनिक सवारीसाधन जोर–बिजोर प्रणालीबाट चलाउन पाइने व्ययवस्था गरिएको छ ।

