काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की तमु ल्होसारको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा सहभागी भएकी छन्।
गुरुङ समुदायको ठूलो चाड तमु ल्होसारको अवसरमा मंगलबार तमु हिल छोजदी गुरुङ राष्ट्रिय परिषद्ले आयोजना गरेको सांस्कृतिक कार्यक्रममा प्रधानमन्त्री कार्की सहभागी भएकी हुन्। आयोजकले प्रधानमन्त्री कार्कीलाई गुरुङ पहिरन लगाइदिएका थिए ।
तेह्रथुमे ढाकाको साडीमा सजिएर टुँडिखेल पुगेकी प्रम कार्कीलाई आयोजक तमु कलाकार संघले उनकै स्केच फ्रेम गरेर उपहार दिएका थिए । गुरुङ पहिरन लगाएर नेपालको झण्डा बोकेको आफ्नो स्केच देखेर उनी मज्जाले हाँसेकी थिइन् ।

