सदाबहार खबरको रफ्तार ....
मंग्सिर ५, २०८३ शनिबार
November 21, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

परिषद्मा विद्यार्थीका कला प्रदर्शनी

२०८२ पुष २१, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, २१ पुस : लतिलकला क्याम्पस भोटाहिटीमा ललितकलामा स्नातक गरेका विद्यार्थीहरूले काठमाडौँमा भएको प्रदर्शनीमा आफ्ना सिर्जना प्रस्तुत गरेका छन् ।

नेपाल कला परिषद्मा जारी विद्यार्थीका कला प्रदर्शनीमा ३२ जना विद्यार्थीहरू सहभागी छन् । प्रदर्शनीमा ब्याच २०७७ का विद्यार्थीका दर्जनौँ कलाहरू प्रस्तुत गरिएको छ । कुनै विद्यार्थीका भने पाँच वटाभन्दा बढी कलाहरू पनि समावेश गरिएको छ ।

यहाँ विद्यार्थीमा भएका धेरैखालका सीप ज्ञान र आइडियालाई ‘सेन्थेसिस’ शीर्षकमा आयोजना गरिएको कला प्रदर्शनीमा प्रस्तुत भएको छ । यो प्रदर्शनी विद्यार्थीहरूको सामूहिक सिर्जनाको सङ्ग्रह हो । भिक्षु अनन्तो बुढा मगरले टेराकोटा, ह्वाइट सिमेन्ट र सेरामिक्समा छुट्टाछुट्टै कला प्रस्तुत गर्नुभएको छ ।

वुद्ध दर्शनलाई केन्द्रमा राखेर उहाँले विभिन्न सन्देशमूलक कला सिर्जना गर्नुभएको छ । मानिसको दुखी हुँदाको अवस्थालाई कालामार्फत उहाँले देखाउनुभएको छ । ध्यान मुद्रा, आमा र बच्चाको मायालाई उहाँले प्रस्तुत गर्नुभएको छ । आत्मिक तथा मानसिक भाव उहाँको कलामा देखिन्छ । विद्यार्थीहरूले समसामयिक विषयका साथै दैनिक जनजीवन, सम्पदा, संस्कृति र प्रकृतिसँग सम्बिन्धत कला समावेश छ ।

नेपाल ललितकला क्याम्पसका प्रमुख डा यमप्रसाद शर्माले विद्यार्थीहरूको आन्तरिक र बाह्य भावलाई प्रस्तुत गरेको र यसले विद्यार्थीले आफ्नो प्रतिभा देखाएका बताउनुभयो । उहाँले आन्तरिक र बाह्य कुराको आन्दोलनलाई विद्यार्थीले कलामार्फत प्रस्तुत गरेका बताउनुभयो ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्ले थुम्केलीले विद्याथीहरूले कला उत्कृष्ट रहेको प्रतिक्रिया दिँदै प्रदर्शनीले उनीहरूलाई प्रोत्साहन मिलेको बताउनुभयो । विद्यार्थीहरूले अध्ययनमा आफूले सिकेका सीपलाई यहाँ प्रस्तुत गरेका र उनीहरूका कला समग्रमा व्यावसायिक झै नै देखिएको बताउनभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई