सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘गोबर गणेश’, ‘भाइरल गोर्खे’ र ‘मिरमिरे’को कमाइ विवरण सार्वजनिक

२०८२ माघ १३, मंगलबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, माघ १३ गते । चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपाः बक्सअफिसले माघ १० गतेसम्मको चलचित्रको कमाइको विवरण सार्वजनिक गरेको छ । चार नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खेको सिनेपाले बक्सअफिस रिपोर्ट सार्वजनिक गरेको हो ।

बक्सअफिस रिपोर्टमा चलचित्र ‘गोबर गणेश’ को आम्दानी एक करोड  १४ लाख ३५ हजार २०६ रुपियाँ ग्रस रहेको छ । सो अवधिसम्म यस चलचित्रका ४० हजार २३४ वटा टिकट बिकेका छन् । तीन वटै चलचित्रमध्ये ‘गोबर गणेश’ केही अगाडि देखिएको छ । यस चलचित्रमा निर्देशक मरिचमान श्रेष्ठसँगै वर्षा शिवाकोटी, विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानियाँ, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पूजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ ।

यसै गरी निगम श्रेष्ठ निर्देशित चलचित्र ‘भाइरल गोर्खे’ ले ३४ लाख ५३ हजार ७६० नेरु ग्रस कमाएको छ । यसका १० हजार ६०५ टिकट बिक्री भएका छन् । चलचित्रमा सौगात मल्ल र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा देखिनुभएको छ । अन्य कलाकारमा बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल, पत्रकार ऋषि धमलालगायत रहेका छन् । याम शेर्पा निर्देशित फिल्म ‘मिरमिरे’ ले ३३ लाख ७२ हजार ७१५ रुपियाँ ग्रस कमाएको छ । यसका १० हजार ८१३ वटा टिकट बिकेका छन् । बुबाछोरीबिचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित उक्त चलचित्रमा दयाहाङ राई, प्रकाश सपुत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटालगायतले अभिनय गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई