सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

वरिष्ठ कलाकार सुनिल थापाको निधन

२०८२ माघ २४, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ। नेपाली चलचित्र क्षेत्रका वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ। चलचित्रमा ‘राते काँइला’ नामले परिचित थापाको शनिबार बिहान काठमाडौँको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

शंखमुलस्थित एक अपार्टमेन्टमा बसोबास गर्दै आएका थापा लामो समयदेखि स्वास्थ्य समस्याबाट पीडित रहनुभएको बताइएको छ। उहाँको निधनको खबरसँगै नेपाली चलचित्र क्षेत्र शोकमा डुबेको छ।

सुनिल थापा नेपाली चलचित्रमा खलनायक भूमिकाका लागि विशेष रूपमा चर्चित हुनुहुन्थ्यो। उहाँले नेपालीसँगै केही भारतीय चलचित्रहरूमा समेत अभिनय गर्नुभएको थियो। फरक शैलीको अभिनय, कडा संवाद र प्रभावशाली उपस्थितिका कारण उहाँ दर्शकमाझ ‘राते काँइला’को नामले लोकप्रिय हुनुहुन्थ्यो।

थापाले दशकौँसम्म नेपाली फिल्म उद्योगमा योगदान दिँदै थुप्रै स्मरणीय चलचित्रमा अभिनय गर्नुभएको थियो। उहाँको अभिनय यात्राले नेपाली चलचित्रमा खलनायक चरित्रलाई छुट्टै उचाइ दिएको मानिन्छ।

उहाँको निधनप्रति चलचित्रकर्मी, कलाकार, निर्देशक तथा शुभेच्छुकहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्। थापाको अन्तिम संस्कार र पार्थिव शरीर व्यवस्थापनबारे परिवारले थप जानकारी दिने बताइएको छ।

स्व. सुनिल थापाको निधनले नेपाली चलचित्र क्षेत्रले एक अनुभवी र प्रभावशाली कलाकार गुमाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई