काठमाडौ,२९ माघ । शिवरात्री पर्व नजिकिदै गर्दा गायक चिरञ्जीवी भण्डारीको स्वर र संगीतमा शिव भजन‘शिव ताण्डव’ सार्वजनिक भएको छ ।
भगवान् शिवको महिमा गाइएको स्तोत्र गीत भण्डारीले नयाँ शैलीमा ल्याएका छन् ।
परम्परागत ‘शिव ताण्डव’मा आधारित यस गीतमा शब्दहरू शङ्कर देव कँडेलले रचना गरेका छन् । गीतमा चिरञ्जीवी भण्डारीकै स्वर र सङ्गीत रहेको छ भने सङ्गीत संयोजन सुरेश सेन्चुरीको छ ।
गीतको भिडियोमा पनि चिरञ्जीवी नै देखिएका छन् । केशव विश्वकर्माको छायाङ्कन र कल्पेश विश्वकर्माको सम्पादन रहेको यस भिडियोको पोष्ट प्रोडक्सन दर्शित म्यूजिक एण्ड मिडियाले गरेको हो ।
भण्डारीकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको यस भजनले शिव भक्तहरूका साथै सङ्गीत प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गायक भण्डारी पछिल्लो समय मौलिक र भक्तिप्रधान गीतहरूका कारण चर्चामा छन् ।
