सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जनकपुरमा ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू

२०८२ फागुण ८, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ८ फागुन : नेपाली चलचित्र क्षेत्रको अन्तरराष्ट्रियकरण, बजार प्रवर्द्धन, सम्भावना र अवसरको खोजी गर्ने उद्देश्यका साथ आजदेखि ‘दोस्रो जनकपुर अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ सुरू भएको छ ।

संवाद फाउण्डेशनको आयोजनामा यही फागुन ११ गतेसम्म जनकपुरस्थित मैथिली भवनमा सञ्चालन हुने उक्त महोत्सवमा मैथिली, नेपालीसहित विदेशी भाषाका ६० चलचित्र प्रदर्शन, समूहगत छलफललगायत गतिविधि हुने महोत्सवका अध्यक्ष कुमार भास्करले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “जनकपुरले मिथिलाञ्चललाई प्रतिनिधित्व गर्छ, महोत्सवले यसलाई उजागर गर्नेछ । हामी हाम्रो सभ्यता र संस्कृति विश्वलाई देखाउन र बुझाउन चाहन्छौँ । यो महोत्सवले मैथिली भाषालाई नेपाली चलचित्रसँग जोड्ने छ ।” उहाँले नेपाली चलचित्रको अन्तरराष्ट्रियकरण, युवा चलचित्रकर्मीलाई उत्प्रेरित गर्ने र सांस्कृतिक विविधताको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो ।

महोत्सवको पहिलो दिन उद्घाटन समारोहमा राजर्षिजनक विश्वविद्यालयका उपकुलपति अमरप्रसाद यादवले महोत्सवले चलचित्रमा आफ्नो भविष्य देख्नेलाई गन्तव्य दिने बताउनुभयो । “हामीले आफ्नो पाठ्यक्रममा चलचित्रलाई राखेर यससम्बन्धी रुची राख्नेलाई शिक्षा दिन छलफल गरिरहेका छौँ । यस किसिमका महोत्सवले हामीलाई नेपालमा बनेका चलचित्रसँगै विश्वभर बनिरहेका चलचित्रको बारेमा जानकारी दिन्छ । साथै, स्वदेशीसँगै विदेशी चलचित्रकर्मी ल्याएर यहाँ जनकपुरमा कार्यक्रम गर्नु पर्यटकीय हिसाबले हामीलाई फाइदा पुगेको छ”, उहाँले भन्नुभयो ।

चलचित्र समीक्षक समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले उपत्यकाबाहिर हुने महोत्सवले बजार प्रवर्द्धनमा सघाउने बताउनुभयो । “तराईमा चलचित्रको राम्रो दर्शक छन्, यहाँ चलचित्र भवनकको सङख्या पनि राम्रो छ, तर हामीले स्वदेशी चलचित्रमा ती दर्शक पाउन सकेका छैनौँ । यस्ता महोत्सवले यहाँ मैथिली चलचित्रसँगै अन्य स्वदेशी भाषाका चलचित्रप्रति स्थनीयलाई आकर्षित गर्छ, त्यसैले यस्ता महोत्सवको महत्व छुट्टै हुन्छ । मैथिली भाषाका चलचित्रमा काम गरिरहेकालाई यस्ता महोत्सवले ज्ञान र प्रेरणा दिन्छ”, उहाँले भन्नुभयो ।

महोत्सवको सुरुआत नानीसरा वाकरद्वारा निर्देशित चलचित्र ‘शक्ति’ प्रदर्शन गरिएको थियो । महोत्सवमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय गरी ६० चलचित्र प्रदर्शनी, विभिन्न समूहगत छलफल, चलचित्रसम्बन्धी प्रशिक्षण कार्यशालालगायत गतिविधि सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई