सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

चलचित्र क्षेत्रको विकासका लागि लगानीमैत्री वातावरण आवश्यक छ : मन्त्री सिन्हा

२०८२ फागुण १३, बुधबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १३ फागुनः संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले नेपाली चलचित्र क्षेत्रको विकासका लागि आधुनिक नीति, प्रविधि र लगानीमैत्री वातावरण आवश्यक रहेको बताउनुभएको छ ।

सेलिब्रेटी नेपाल फाउन्डेसनद्वारा आज आयोजित ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ कार्यक्रममा उहाँले यस क्षेत्रको व्यवसायीकरण तथा विकासले रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन, संस्कृति संरक्षण र आर्थिक वृद्धिमा ठूलो योगदान पुर्‍याउने बताउनुभयो ।

गुणस्तरीय फिल्म, नीतिगत सुधार, पूर्वाधार विकासले नै चलचित्र उद्योगलाई व्यावसायिक र आत्मनिर्भर बनाउन सकिने बताउँदै मन्त्री सिन्हाले यस क्षेत्रमा रहेका विकृतिहरूको अन्तः गरी लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली चलचित्रलाई अन्तरराष्ट्रिय बजारसम्म पु¥याउने र दर्शकहरूलाई हलसम्म ल्याउने वातावरण चलचित्र व्यावसायीले बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र क्षेत्रको बृहत्तर विकासका लागि समयसापेक्ष नयाँ नीति र कानुनको कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
संयोजक सुरज पौडेलले यस क्षेत्रको विकासका लागि प्रतिभा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । सो अवसरमा चलचित्र पत्रकार कृष्ण भट्टराईलाई ‘पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई