सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

भाषण छोडेर भाकामा मत माग्दै

२०८२ फागुण १४, बिहिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन १४ गते । निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दल र उम्मेदवारका परम्परागत प्रचारशैली फेरिएका छन् । गाउँबस्तीमा माइकिङ गर्ने र पर्चा बाँड्ने पुरानो चलनलाई विस्थापित गर्दै यस पटक सामाजिक सञ्जाल, भिडियो र साङ्गीतिक धुनहरू चुनावी अभियानको मेरुदण्ड बनेका छन् । आगामी फागुन २१ को निर्वाचनलाई लक्ष्यित गर्दै उम्मेदवारले मतदाताको मन जित्न लोकदोहोरीदेखि र्‍याप र भोजपुरीदेखि देउडासम्मका भाका प्रयोग गरिरहेका छन् ।

सर्लाही–४ बाट चुनावी मैदानमा होमिएका नेपाली कांग्रेसका प्रभावशाली नेता गगन थापाको पक्षमा यतिबेला भोजपुरी र मैथिली गीतले माहोल तताइरहेको छ । भोजपुरी भाषाको ‘सरकार गगन भरत के’ बोलको गीतमा सञ्जय यादवले स्वर दिनुभएको छ, जहाँ थापालाई जनताको दुःख बुझ्ने नेताका रूपमा चित्रण गरिएको छ । नेता थापालाई गीत/सङ्गीतले उहाँको एजेन्डालाई मतदाताको मनसम्म पुर्‍याउन सफल मात्र बनाएको छैन चुनावी माहोललाई पनि तताउने काम गरेको छ । । ‘भोट फर गगन थापा’ देखि ‘हमारे मन के गाव मे’ सम्मको यात्राले थापाको राजनीतिक परिवेशलाई उकालोतर्फ मात्र धकेलेको छैन, उहाँको चुनावी रणनीतिलाई झन् झन् सफल बनाउँदै लगिरहेको छ ।

चुनावी प्रचारमा गीत/सङ्गीतलाई रणनीतिक औजार बनाउन नेकपा (एमाले) सधैँ झैँ अगाडि देखिन्छ । यस पटक सुजन लम्सालको ‘एमाले हुँ एमाले मन पर्छ’ बोलको गीत चर्चामा छ । यो गीत सार्वजनिक हुनुपूर्व नै मोडेल स्मारिका ढकालले आलोचनाका कारण माफी माग्नु परेको घटनाले सामाजिक सञ्जालमा थप चर्चा पायो ।

यता चितवन–३ मा नेकपाकी उम्मेदवार रेनु दाहालका लागि तयार पारिएको चुनावी गीत टिकटकमा भाइरल बनेको छ, जसलाई हरि सुनार र सरिता सुनारले स्वर दिनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट झापा–५ मा उम्मेदवारी दिएका बालेन शाह आफैँ कलाकार हुनुहुन्छ । इन्जिनियरिङ र र्‍याप सङ्गीतलाई सँगै अगाडि बढाउनुभएका बालेनका लागि यस पटक पनि ¥यापर ‘भिओ’ ले ‘झापा–५’ शीर्षकको र्‍याप गीत निकालेको छ । मधेशी क्षेत्रमा ‘अबकी बार बालेन सरकार’ भन्ने नारालाई गीतको रूप दिइएको छ ।

नुवाकोट क्षेत्र नं. १ मा नेकपाका उम्मेदवार हितबहादुर तामाङलाई जिताउन साङ्गीतिक माहोल निकै तातेको छ । तामाङको पक्षमा तयार पारिएको ‘भोट हालौँ तारामा’ बोलको गीत यतिबेला चर्चाको केन्द्रमा छ । पूजा श्रेष्ठको शब्द रचना र नारायण दङ्गालको सङ्गीत रहेको गीतमा शरदा रसाइली, दिनेश श्रेष्ठ र पवित्रा दङ्गालले स्वर दिनुभएको छ । गीतले नुवाकोटका ग्रामीण भेगदेखि सामाजिक सञ्जालसम्म तामाङको चुनावी एजेन्डालाई जनस्तरमा पुर्‍याउन मद्दत गरिरहेको छ । चुनावी लहरबाट कर्णाली र सुदूरपश्चिम पनि अछुतो छैन । सर्जक अमृतकुमार अनमोलको देउडा भाका जुम्लाका नरेश भण्डारी र हुम्लाका दीपेन्द्र रोकायाको चुनावी अभियानमा घन्किरहेका छन् । यस्तै राप्रपाका ज्ञानेन्द्र शाहीको पक्षमा विपना सिंहको स्वर गुन्जिरहेको छ भने नेकपाका संयोजक पुष्पकमल दाहालको ‘महिमागान’ गर्ने गीतहरू पनि युट्युबमा उत्तिकै सक्रिय छन् ।

अहिलेका चुनावी गीत केवल मनोरञ्जनका साधन मात्र रहेनन् । यी त मतदाताको मनोविज्ञान बुझेर तयार पारिएका ‘राजनीतिक हतियार’ हुन् । सडकदेखि स्मार्टफोनको स्क्रिनसम्म गुन्जिने यी धुनले उम्मेदवारको एजेन्डालाई सरल भाषामा घर घर पुर्‍याइरहेका छन् । साङ्गीतिक माहोलले चुनावी सरगर्मीलाई तताएको मात्र छैन, राजनीतिलाई आमजनताको रुचि र प्रविधिसँगसमेत जोडेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई