सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार घोषणा

२०८२ फागुण १५, शुक्रबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

गण्डकी, १५ फागुन : गाउँ नगर मिडिया सेन्टर नेपालले विकासप्रेमी नेता स्वर्गीय रवीन्द्र अधिकारीको सातौँ स्मृतिका अवसरमा रवीन्द्र स्मृति पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । उहाँको सातौँ स्मृति दिवसका सन्दर्भ पारेर संस्थाले पुरस्कारको घोषणा गरेको हो ।

ग्रामीण क्षेत्रको विकास निर्माण, कृषि, पर्यटन प्रवर्द्धनको क्षेत्रमा उजागर गर्ने मुख्य लक्ष्यका डेढ दशकअघि उहाँकै पहलमा सेन्टर स्थापना भएको संस्थाका अध्यक्ष हरिप्रसाद बाँस्तोलाले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रत्येक वर्ष फागुन १५ गते एक समारोहको बीच एक जना क्रियाशील पत्रकारलाई सम्मान गरिने सो पुरस्कारको राशि रु ११ हजार १११, सम्मानपत्र र दोसल्लाले सम्मान गरिने छ । रवीन्द्र अधिकारीको पहलमा सङ्कलन भएको रु एक लाख १५ हजारमा बीउपुँजीका रूपमा रहेको रकमलाई वृद्धि गरी रु २५ लाख पुर्याउने संस्थाको लक्ष्य छ ।

पुरस्कारको राशि वृद्धिका लागि पहल गर्ने रवीन्द्र स्मृति प्रतिष्ठानका महासचिव एवं पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले आज सहिद स्मारपार्क पोखरा–१८ जामुनावाटमा आयोजित सातौँ स्मृतिसभामा जानकारी दिनुभयो । प्रतिष्ठानको सक्रियतामा सो स्थानमा उहाँको पूर्णकदको सालिक पनि निर्माण गरिएको छ ।

सरल जीवनशैली र विकासप्रति समर्पित तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीको २०७५ साल फागुन १५ गते तप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो । आवश्यकताअनुसार विभिन्न जिल्लामा संस्थाको शाखा विस्तार गरिने मिडिया सेन्टरका सचिव कृष्णबहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन