सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

जीवनयात्रा‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्म’ विमोचन

२०८२ फागुण १८, सोमबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ फागुनः । बाम्बुले राई समाज, नेपाल (वाम्रास)को आयोजनामा कर्णबहादुर राई (गौरुङ कान्छा) को आत्मकथात्मक कृति ‘सोक्मटारदेखि सिग्नेट एभेन्युसम्मको जीवनयात्रा’ विमोचन गरिएको छ । ललितपुरमा एक समारोहबीच राष्ट्रियगानका रचनाकार व्याकुल माइला, वाम्रासका अध्यक्ष गजुरधन राई, नेपाल सरकारका उपसचिव तथा कवि अमरदीप सुनुवार, लेखक स्वयं गौरुङ कान्छा तथा संस्थाकी संस्थापक कोषाध्यक्ष दिलकुमारी राईलगायतले कृतिको संयुक्त रूपमा विमोचन गर्नुभएको हो ।

बाम्बुले राई समाजका संस्थापक सदस्यमध्ये एक रहनुभएका राईले आफ्नो बाल्यकालदेखि हालसम्मका जीवन अनुभवलाई ९४ शीर्षकमा संस्मरणात्मक रूपमा प्रस्तुत गर्नुभएको छ । कृतिको पहिलो खण्डमा जन्मथलो, पारिवारिक स्मृति र ग्रामीण जीवनका अनुभव समेटिएका छन् भने दोस्रो खण्डमा ‘सैनिक जीवन’, तेस्रोमा ‘अवकाशपछिको जीवन’, चौथोमा ‘बेलायतमा संघर्षका कथा’, पाँचौंमा वंशावली र छैटौं खण्डमा तस्वीरहरू समावेश छन् ।

ओखलढुंगाको दूधकोशी किनारस्थित सोक्मटार गाउँमा २०१७ साल चैतमा जन्मिनुभएका कर्णबहादुर राई बाम्बुले राई मातृभाषी सामाजिक अभियन्ताका रूपमा परिचित हुनुहुन्छ । पाँच कक्षासम्म औपचारिक शिक्षा हासिल गरेपछि २०३६ सालमा ब्रिटिश गोर्खा सैनिकमा भर्ती हुनुभएको उहाँ करिब १५ वर्ष सेवा पश्चात अवकाश लिएर जीआरयू ब्रुनाई हुँदै हाल बेलायतमा बसोवास गर्दै आउनुभएको छ ।

इक लिब्जु-भुम्जु त्रैमासिकद्वारा प्रकाशित कृतिको सार्वजनिक समारोहमा शुभकर्ण राईले ‘मानवशास्त्रीय दृष्टिकोणमा सोक्मटार गाउँ’ तथा शुभराज राई (काजी)ले ‘समाजशास्त्रीय दृष्टिकोणमा गौरुङ कान्छाको कृति’ विषयमा वाम्रासका संस्थापक महासचिव तिखवीर राई, व्याकुल माइला, गजुरधन राई तथा भाषा सम्पादक गणेश राईले धारणा राख्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

सोलुखुम्बुमा दुई साहित्यकार सम्मानित, आशुकविता प्रतियोगितामा सञ्जीव भण्डारी प्रथम

गोपका पूर्वप्रधानसम्पादक रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

अन्तर्राष्ट्रिय साहित्य सम्मेलनमा सहभागी हुन कुलपति नेपाल बंगलादेश प्रस्थान

‘प्रिय कर्णाली’मा कर्णालीको सभ्यता, पहिचान र सामाजिक रूपान्तरणको विमर्श

साहित्यिक गतिविधि ‘डिजिटल’ बनाउन जोड

कविता बाचन गर्दै मनाइयो महाकविको जन्मजयन्ती

पूर्वकुलपति कर्माचार्यलाई सयपत्री राष्ट्रिय सम्मान प्रदान

साहित्यकार मोतीशोभाका पाँच कृति एकैसाथ विमोचित

टीका–गोपाल राष्ट्रिय गीत सङ्गीत पुरस्कार साहित्यकार दाहाललाई

चिनियाँ सांस्कतिक टोली सम्मानित

विमल गुरुङ कृति पुरस्कार भुपिन र जुनुको कृतिलाई

सीमान्त समुदायको भाषा, साहित्य र पहिचान प्रवर्द्धन गर्न जुम्लामा साहित्य सम्मेलन