सदाबहार खबरको रफ्तार ....
मंग्सिर ४, २०८३ शुक्रबार
November 20, 2026
होमपेज
राजनीति बिचार अन्तरबार्ता स्वास्थ्य शिक्षा अर्थ/बजार खेलकुद अन्तराष्ट्रिय ☰

‘हामी तीन भाइ’ को टिजर सार्वजनिक

२०८२ फागुण २३, शनिबार
शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, फागुन २३ गते । चलचित्र ‘हामी तीन भाइ’ को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले ओएसआरको युट्युब च्यानलमार्फत चलचित्रको टिजर सार्वजनिक गरेको हो । टिजरमा एउटा गाउँका तीन भाइको कथालाई प्रस्तुत गरिएको छ । तीन भाइ एकदमै मिल्छन् । उनीहरू खेतबारी गोरुले झैँ आफैँ नारिएर जोतिरहेको देखिन्छन् । सानैमा बुवाआमा बिते पनि उनीहरूको मायाममता भनेको दाजु नै हो ।

मधुसुदन भट्टराई निर्देशित चलचित्रमा लक्ष्मी बर्देवा, राजाराम पौडेल, रवीन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाईं, सुषमा निरौला, यादव देवकोटा (सरापे) लगायतको अभिनय रहेको छ । प्रसिद्धि सिने आटर्सको ब्यानरमा निर्माण भएको चलचित्रका निर्मातामा त्रिरत्न श्रेष्ठ र मनोज श्रेष्ठ हुनुहुन्छ । चलचित्र आगामी चैत १३ देखि प्रदर्शन हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाइको प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित समाचार

पोखरामा ‘आरयू फेस्ट–२०२६’को शुभारम्भ

‘रामायण’ २०२७ मा मात्रै चीन, जापान, रुस र दक्षिण कोरियामा रिलिज हुने

‘एक्सन स्टार’ जुनियर एनटीआर अब ‘हाँस्य चलचित्र’ मा देखिने

५१औँ दिनमा पनि प्रदर्शनरत ‘बाः एक योद्धा’, कमायो ३ करोड ५६ लाख

अनमोल केसी अभिनीत ‘बाटुलो जून’ आजदेखि देशभर प्रदर्शनमा

आगामी पुस २४ देखि प्रदर्शनमा आउने ‘तिलस्मी’को पोस्टर सार्वजनिक

प्रियंका चोपडाले ‘भेन्टिलेटर २’ फिल्म बनाउने

थामी भाषाको पहिलो राष्ट्रिय गीत सार्वजनिक

जनशक्ति थपेर लालपुर्जा वितरण गरिँदै

काठमाडौँ महानगरपालिकाले कात्तिक १३ देखि तीनदिने फिल्म फेस्टिभल आयोजना गर्ने

राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र

नेपाली नृत्य विद्यामा पहिलो विद्यावारिधि रघुवंशीलाई